
शक्ति माविमा वृक्षारोपण
गोरखा सदरमुकामको पाटेचौरस्थित शक्ति माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका, लियो क्लव अफ गोरखाको संयुक्त आयोजनामा विद्यालयमा वृक्षरोपण गरिएको हो ।
विद्यालय वरिपरि विभिन्न जातका ३५ वटा विरुवा रोपिएको लायन्स अस्पताल गोरखाका कार्यालय सचिव बालकृष्ण पोखरेलले जानकारी दिए । वृक्षरोपणसँगै विरुवाको संरक्षणका लागि तारजाली पनि उपलब्ध गराएको उनले बताए । शक्ति माविमा प्रत्येक बर्ष क्लवले वृक्षरोपण गर्दै आइहरहेको छ ।
लायन्स क्लव अफ गोरखाका अध्यक्ष लक्ष्मणबाबु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ गोरखा कालिका अध्यक्ष कल्पना श्रेष्ठ, लियो क्लव अफ गोरखाका अध्यक्ष बालकृष्ण परियार, विद्यालय प्रधानाध्यापक बद्री अर्यालले मन्तव्य व्यक्त गरेका थिए । लायन्स क्लव गोरखाले भूकम्पले क्षति पु¥याएको शक्तिममा विद्यालयसमेत निर्माण गरिदिएको थियो ।




