| मङ्लबार, कार्तिक २४, २०८३

भिमसेन थापाका अध्यक्ष बञ्जाराले एकलौटी गरेको भन्दै २० जनाले गरे गाउँसभा बहिस्कार

गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराले गाउँसभामा एकलौटी निर्णय गरेको भन्दै २० जना सदस्यहरुले गाउँसभा बहिस्कार गरेका छन् ।

बजेट निर्माणका क्रममा योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने ब्यवस्था बमोजिम उक्त समितिले योजना बनाउने क्रममा गाउँपालिका अध्यक्षद्धारा योजना निर्माणमा हस्तक्षेप गरेको उपाध्यक्ष अमृतादेवी भट्ट वस्तीले बताईन ।

उपाध्यक्षलाई भुमिका बिहिन बनाइएको, बहुमतको दम्भमा योजना कार्यपालिकामा पेश गरेका, उपाध्यक्षको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति गठनमा बिना परामर्श सदस्यहरु प्रस्ताब गरेको, बिकास समिति, शुसासन समिति, लेखा समितिमा एकलौटी गरेको आरोप २० जना गाउँ सभा सदस्यहरुले लगाएका छन् ।

शुक्रवार एक प्रेस बिज्ञप्ती जारी गर्दै गाउँसभा सदस्यहरुले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ बमोजिम स्पष्ट रुप्मा कार्यपालिकाको बैठकको निर्णय सर्वसम्मति गर्नुपर्ने ब्यवस्थापन हुँदाहुँदै प्रयास नै नगरेको र आफुखुसी निर्णय गरेको बताएका छन् ।

बिज्ञप्ती सहित

No description available.
No description available.
प्रतिक्रिया दिनुहोस्