| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित

फ्रान्सको राजधानी पेरिस सहरको पूर्वी सिमानामा जोडिएको पँता शहरमा अबस्थित बिशाल पार्कमा१० जुलाई २०२२ का दिन गोरखाली समाज फ्रान्सको महाधिवेशन सम्पन्न भएको हो । अधिवेशनले रामेश्वर श्रेष्ठलाई अध्यक्षमा, नानु देबकोटालाई महिला उपाध्यक्षमा, सुजनराज भट्टलाई उपाध्यक्षमा र महासचिबमा धनकुमारी घलेलाई चयन गरेको थियो ।

त्यस्तै महाधिवेशनले सचिबमा रञ्जित भट्ट, कोषाध्यक्षमा कुल तामाङ, सहकोषाध्यक्षमा बार्ता कुमारी गुरुङलाई चयन ग¥यो । सदस्यहरुमा रबिना सिम्खडा, सन्जिब देबकोटा, होमबहादुर थापा (अर्जुन), सुदिप दवाडी, सुजन बानियाँ, जीवन आले मगर, मनकुमारी घले, मिक्का गुरुङ(मुक्ति), वीरबहादुर गुरुङ, र सम्झना भट्टलाई चयन गरेको थियो ।

फ्रान्समा भएका बिभिन्न नेपाली संघ संस्थासंग सहकार्य गर्दै आइरहेको यो समाजले जन्मभूमिको माया र सद्भाव अनि अटुट सम्बन्ध कायम गर्दै बिभिन्न किसिमका आर्थिक सहयोग गर्दै आएको जनाएको छ । कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा फ्रान्समा रहेका गोरखाका अधिकांश संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुरेन्द्र काप्रीले गरेका थिए भने कार्यक्रम सन्चालन महासचिब राजेन्द्रबाबु श्रेष्ठले गरेका थिए । कार्यक्रम स्थालकोवरपर र दोबाटोमा नेपाली ध्वजा , झन्डा , ब्यानरले सजाइएको थियो ।

कार्यक्रममा समाजका महासचिव श्रेष्ठले संस्थाले गरेका क्रियाकलापको प्रतिबेदन, कोषाध्यक्ष नानु देबकोटाले आर्थिक प्रतिबेदन पेश गरेका थिए । निर्वाचन उपसमितिका संयोजक हरिहर अर्यालले सहमतीय निर्वाचन प्रणालीबाट १७ सदस्यीय कार्यसमिति चयन भएको घोषणा गरेका थिए ।

कार्यक्रममा समाजका सल्लाहकार एवं एकता समाज फ्रान्सका पूर्व अध्यक्ष शुकबहादुर गुरुङ तथा अर्का सल्लाहकार, एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष, इन्जिनियर निर्मल अर्यालले निबर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कदर पत्र प्रदान गरेका थिए । साथै बिगतका कार्यसमितिले गरेका कामको उनले प्रशंसा गरेका थिए । नब निर्वाचित समितिका पदा धिकारीहरुलाई राजदूत र निर्वाचन उपसमितिका संयोजक हरिहर अर्यालले प्रमाण पत्र प्रदान गरेका हुन् ।

यसै क्रममा राजदुत दिपक अधिकारीले गोर्खाली समाज फ्रान्स स्थापनाको उदेश्य प्राप्तिको लागि र नवनिर्बाचित अध्यक्ष रामेश्वर श्रेष्ठ लगायत कार्यसमितिका सम्पुर्ण सदस्यलाई बधाई तथा शुभकामना ब्यक्त गरे । कार्यक्रममा गैर आवासीय नेपाली संघका बरिष्ठ उपाध्यक्ष शिवराम भण्डारी, पाकोफोन फ्रान्सका कोषाध्यक्ष बिरु खड्का, साँस्कृतिक गृहका अध्यक्ष सुरज श्रेष्ठ, उपाध्यक्ष हेमन्त उपाध्याय, इनास फ्रान्सका अध्यक्ष प्रवीण सापकोटा , बरिष्ठ उपाध्यक्ष जगत खड्का, नेपाली प्राध्यापक डा. राजेश खतिवडा, जनसम्पर्क समितिका पूर्व महामन्त्री कमल बिक्रम केसी, तमाङ घेदुङ फ्रान्सका सल्लाहकार कुलबहादुर तामाङ, मोना फ्रान्स योगेश पुन, लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्