| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा सदरमुकामको खोलखोलेमा एक युवकको शव भेटियो, हत्या आंशका

गोरखा सदरमुकाम स्थित खोलखोलेमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

गोरखा नगरपालिका –८ आलेगाऊका २४ वर्षका अनिश आलेमगरको शव विहिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । नगरपालिका स्थित खोलखोलेमा सडकको नालीमा युवकको शव भेटिएको एसपी केदार खनालले बताए ।

बिहान ७ बजेर ३० मिनेट जादा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको कान लगायतमा चोटपटक समेत देखिएकाले घटना शंकास्पद रहेको खनालले बताए ।

घटनाको अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएको उनले बताए । सिसिटिभी फुटेज लगायतलाई आधार मानेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्