| सोमवार, कार्तिक २३, २०८३

सुख्खा पहिरोले पुरिएर गोरखा सिरानचोकमा एक वृद्धको मृत्यू


पहिरोले पुरिएर गोरखाको सिरानचोक ६ गैरीगाउँमा एक वृद्धको मृत्यू भएको छ । जंगलमा दाउरा काट्न गएका ८० बर्षका सुकबहादुर गुरुङ मंगलबार साँझ साँढे पाँचबजेतिर माथिबाट झरेको सुख्खा पहिरोमा पुरिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।


घटनाको सूचना पाउने वित्तिकै इप्रका जौबारी र प्रहरी चौकी नयाँसाँगुबाट खटिई गएका प्रहरीले उद्धार गर्दा गुरुङको मृत्यू भइसकेको अबस्थामा भेटिएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।


गुरुङको शव पोष्टमार्टमका लागि मंगलबार साँझ गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्