| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेशको मुख्यमन्त्री, मन्त्री र सांसदका लागि गोरखामा १ रुपैया संकलन

गोरखामा गण्डकी प्रदेशको मुख्यमन्त्री, मन्त्री सांसद र नेताको निजी ट्रष्ट र फाण्डेशनका लागि रु एक दान संकलन अभियान गोरखामा पनि चलेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गोरखाको आयोजनामा आइतबार देखि हरमटारी चोकमा रु एक दान संकलन अभियान सुरु भएको अनेरास्वीयू गोरखाका संयोजक प्रताप ढकालले बताए ।

गण्डकी प्रदेश सरकाले सरकारी ढुकुटीको दुरुपयोग गरी मुख्यमन्त्री, मन्त्री सांसद र नेताको पारिवारिक ट्रष्ट र फाण्डेशनका लागि बजेट विनियोजन गरेका विरोध स्वरुप अभियान सुरु गरिएको उनले बताए । सोमबारबाट सुरु भएको अभियान मंगलबार सम्म चल्ले छ । सो अभियानबाट संकलन भएको रकम बुधबार मुख्यमन्त्रीको ट्रस्टको खातामा जम्मा गरिदिने उनले बताए । रु एक रुपैयाँका दरले संकलन गरिएको अभियानको पहिलो दिन तीन सय ३० रुपैया संकलन भएको छ ।

जनताबाट उठाएको करको दुरुपयोग नगरियोस भनेर विरोध स्वरुप रु एक रुपैया संकलन अभियान सुरु गरिएको एमालेका जिल्ला कमिटी सचिवालयका सदस्य सुमन श्रेष्ठले बताए ।

नेकपा एमाले गोरखा जिल्ला कमिटी सचिवालय सदस्य सुमन श्रेष्ठ, अनेरास्वविय जिल्ला सह–संयोजक सुरज श्रेष्ठ, राष्ट्रिय युवा संघ गोरखा नगरपालिका संयोजक लक्ष्मण श्रेष्ठ लगायतका नेताहरु अभियानमा सहभागी थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, कांग्रेस नेता अर्जुनप्रसाद जोशी, सीताकुमारी काफ्ले, जनमोर्चाकी प्रदेश सांसद पियारी थापा लगायतले व्यक्तिगत प्रतिष्ठान तथा कोषमा सरकारी बजेट बिनियोजन गरेपछि अहिले सामाजिक सञ्जालमा पनि चर्को बिरोध र सर्वत्र आलोचना भईरहेको छ ।

मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोईरालाले एक बिज्ञप्ती जारी गर्दै सर्वत्र आलोचना भएकाले प्रतिष्ठान र ट्रस्टका नाममा बिनियोजन गरिएको बजेट फिर्ता लिने र अन्य काममा खर्च गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्