| मङ्लबार, कार्तिक २४, २०८३

प्रधानमन्त्री रोजगार कार्यक्रम : धार्चेका विभिन्न वडामा गोरेटो बाटो, पदमार्ग र धार्चे डबली निर्माण

केशव गुरुङ :

धार्चे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गोरेटो बाटो, पदमार्ग र धार्चे डबली निर्माण गरिएको छ । प्रधामन्त्री रोजगारी कार्यक्रमका लागि आर्थिक वर्ष २०७८÷०७९ मा पालिकालाई ६१ लाख १८ हजार रकम विनियोजन भएको थियो । विनियोजित रकमबाट एकदेखि सात वडामासम्म १९ वटा योजना छनौट गरी निर्माण कार्य सम्पन्न गरिएको धार्चे गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक खगेन्द्र गुरुङले बताए ।

उनका अनुसार वडा नं एक हुल्चुकमा क्युवङ चौतारी देखि लापु डाँडा सम्म जाने गोरेटो बाटो निर्माण गरिएको छ । पाँच लाखको लागतमा गोरेटो बाटो निर्माण गरेको हो ।

No description available.

वडा नं दुई केरौजामा एक लाखको लागतमा छन्चकाली काठे पुल निर्माण र सोहि वडामा चार लाखको लागतमा छन्चकाली देखि हेल्थ पोष्ट सम्म जाने गोरेटो बाटो निर्माण गरिएको गुरुङले जानकारी दिए ।


वडा न ३ मा खोर्लाबेसीमा रहेको तातोपानी निर्माण तथा व्यवस्थापनका लागि एक लाख खर्च भएको जनाएको छ । सोही वडाको खोर्ला गाउँमा चार÷चार लाखका लागतको लागतमा खोर्लाकोट जाने बाटो र खोला हनी हन्टिङ गोरेटो बाटो निर्माण गरिएको छ ।
वडा नं ४ लाप्राकमा चार लाखको लागतमा धार्चे डबली निर्माण गरिएको छ भने पाँच लाखको लागतमा थालेकाङ पाखेथोक गोरेटो बाटो निर्माण गरिएको संयोजक गुरुङले बताए ।

No description available.


त्यस्तै, वडा नं ५ सिङ्लामा दुई लाखको लागतमा सिङ्ला खोला पदमार्ग निर्माण र माछाखोलामा सात लाख १३ हजारको लागतमा माछीखोला बजार व्यवस्थापनमा खर्च गरिएको जनाएको छ । गुम्दामा पाँच लाखको लागतमा मनिवाङ पदमार्ग र दुई लाखको लागतमा माझगाउँ देवीथान निर्माण गरिएको उनले जानकारी दिए ।


वडा नं ७ लापुको फुन्क्यु खोलामा एक लाखको लागतमा सुत्केरी महिला प्रतिबिम्बित स्कोप्चर स्थल निर्माण गरिएको छ भने सोहि वडाको लिदिङमा एक लाखको लागतमा शहिद चौतारी निर्माण गरिएको छ ।

भिरकुनामा तीन लाख पचार हजारको लागतमा भिरकुना सिरान गाउँ देखि बस्रेबुउ जाने गोरेटो बाटो निर्माण गरिएको र लापुवेशीमा तीन लाख पचार हजारको लागतमा पन्द्राङ गाउँ पदमार्ग निर्माण गरिएको उनले बताए । पौटुमा चार लाखको लागतमा लेवा नयाँ बस्ती जाने गोरेटो बाटो निर्माण गरिएको पनि उनले जानकारी दिए ।

त्यस्तै, वडा नं ६ काशीगाउँमा तीन लाखको लागतमा यार्सा गोरेटो बाटो र दुई लाखको लागतमा चामा खर्क चौतारी निर्माण कार्य सम्पन्न भएको उनले बताए । सोहि परियोजना अन्तरगत गुम्दामा एक लाखका लागतमा कछुवा पार्क निर्माणका लागि छनौट भएता पनि निर्माण कार्य अघि बढ्न नसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले स्थानीयहरुले रोजगारी पाउनका साथै टोल टोलमा गोरेटो बाटो, पदमार्ग निर्माणले स्थानीयहरुलाई आउजाउमा सहज हुनुका साथै पर्यटन प्रवद्धनमा समेत सहयोग पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्