| मङ्लबार, कार्तिक २४, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पस क्यूएए मान्यता प्राप्त

द्रव्यशाह बहुमुखी क्याम्पसले गुणस्तरीय सुनिश्चिता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) मान्यता प्राप्त गरेको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा संचालनमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसले शुक्रबार क्यूएए मान्यता पाएको क्याम्पसले जनाएको छ ।

२०४२ सालमा स्थापना भएको द्रव्यशाह बहमुखी क्याम्पसले ०७२ साल देखि नै क्यूएए प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको थियो । आठ वर्ष पछि गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा सहभागि भई संस्थागत गुणस्तर परिक्षणमा सबै चरण पुरा गरी क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले जानकारी दिए । उनका अनुसार विश्वविद्यालय अनुदान आयोगको २४ गतेको वैठकले क्यूएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगले आउदो असार २९ गते द्रव्यशाह क्याम्पसलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।

No photo description available.


आठ वर्षको अवधिमा क्याम्पसको शैक्षिक, भौतिक र प्रशासनिक क्षेत्रमा धेरै सुधार भएको उनले बताए । क्यूएए मान्यता प्राप्त गरेसँगै अब द्रव्यशाह बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई विश्वभरका विश्वविद्यालयहरुले मान्यता दिनेछन् । द्रव्यशाह गोरखाको पहिलो क्यूएए प्राप्त गर्ने क्याम्पस बनेको छ । गोरखा सदरमुकाममा रहेको गोरखा क्याम्पस पनि क्यूएए प्राप्त गर्नका लागि प्रक्रियामा रहेको छ ।
विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्चशिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ ।

क्यूएए के हो ?

क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन – गुणस्तर सुनिश्चितता एवम् प्रमाणिकरण) एउटा प्रक्रिया हो । जहाँ कुनै आधिकारिक निकायले क्याम्पसलगायत उच्च शिक्षामा संलग्न संस्थाहरुको विभिन्न मापदण्डहरुमा गुणस्तर मापन गर्दछ । ती मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दछ । यो भनेको शैक्षिक गुणस्तरमा वृद्धि गरी अध्ययन अध्यापन कार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने प्रक्रिया हो । अर्थात् क्यूएए प्राप्त क्याम्पसहरुमा गुणस्तरीय पढाइ हुन्छ भन्ने कुराको प्रमाणीकरण हो । नेपालमाा उच्च शैक्षिक संस्थाहरुलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्