
गाँजा फँडानी अभियानलाई तिव्रता दिदै गोरखा प्रहरी
गोरखामा प्रहरीले गाँजा फँडानी अभियानलाई तिव्रता दिएको छ । लागू औषध नियन्त्रण अभियानअन्तर्गत गाँजा फँडानी अभियानलाई तिव्रता दिएको जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ ।
अभियान अन्तरगत शनिबारदेखि शुक्रबारसम्म जिल्लाका विभिन्न स्थानीय तहमा आठ हजार चार सय अठाइस गाँजाको बोट नष्ट गरिएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
प्राकृतिक रुपमा उम्रिएको गाँजा लागू औषधको रुपमा प्रयोग गर्ने, बेचबिखन गर्ने जस्ता क्रियाकलाप गर्न सक्ने स्थानीयहरुसँगको समन्वयमा प्रहरीले गाँजा फँडानी गरेको हो ।
हाल सम्म उन्चालिस हजार आठ सय पैसठ्ठी गाँजाका बोटहरु फँडानी गरिएको प्रहरीले जनाएको छ । गाँजा फँडानी गर्ने कार्यलाई अभियानकै रुपमा निरन्तरता दिइने जनाएको छ ।




