| आइतवार, कार्तिक २२, २०८३

नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी गोरखा नगरपालिकालाई

नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी गोरखा नगरपालिकाले उचालेको छ ।

जिल्ला खेलुकद बिकास समितिको आयोजनामा गोरखा सदरमुकाम बिभिन्न विधामा खेल भएको थियो । ४४ वटा विधामा भएको खेलमा २१ वटा स्वर्ण पदक सहित गोरखा नगरपालिका पहिलो बन्यो । १८ र जत र ३१ कास्य पदक गोरखा नगरपालिका भित्रका विद्यालयबाट सहभागी खेलाडीले जिते ।


गण्डकी गाउँपालिका ९ स्वर्ण सहित दोस्रो बन्यो । १० रजत र ६ वटा कास्य पदक गण्डकीले उचाल्यो । तेस्रो बनेको बारपाक सुलिकोट गाउँपालिकाले ७ स्वर्ण र ११ रजत र १२ कास्य पदक जित्यो । प्रतियोगितामा सहभागी भिमसेन थापा र धार्चे गाउँपालिकाले दुई/दुई स्वर्ण जिते । चुमनुब्री गाउँपालिका, अजिरकोट, पालुङटार नगरपालिकाले एक/एक स्वर्ण जित्न सफल भए । शहीदलखन, सिरानचोक, आरुघाट गाउँपालिका भने प्रतियोगितामा सहभागी भएका थिएनन् ।

बिजेतालाई प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले टूफि, मेडल र प्रमाण पत्र बितरण गरेका हुन् । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शान्तासिंह बस्नेतको अध्यक्षतामा पुरस्कार बितरण कार्यक्रम भएको हो ।
गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा खेलहरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्