
गोरखाको हरमटारी खेलमैदानमा क्रिकेटको अभ्यास गर्ने ठाउँ तयार
गोरखा सदरमुकाम स्थित हरमटारी रंगशालामा क्रिकेट अभ्यासका लागि पिच निर्माण गरिएको छ । गोरखकाली ब्रदर्स र हरमटारी क्लवको सयुक्त लगानीमा पिच निर्माण भएको हो । सोमबार एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले उक्त पिचको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले गोरखामा व्रिmकेट खेलको विकासका लागि जिल्ला खेलकुद बिकास समिति समन्वय र सहकार्य गर्न तयार रहेको बताए । व्रिmकेटको पुर्वाधार निर्माणलाई पनि समितिले प्राथमिकतामा राख्ने उनले बताए ।
गोरखकाली ब्रदर्स क्लवका अध्यक्ष आशिष श्रेष्ठले जिल्लामा व्रिmकेट खेलको विकासका लागि अभ्यास गर्ने ठाउँको रुपमा पिच निर्माण गरिएको बताए । ‘विभिन्न ठाउँ ठाउँमा जिल्लास्तर देखि राष्ट्रिय स्तरमा व्रिmकेट खेल भइरहेको छ, हाम्रोमा व्रिmकेट सम्बन्धी कुनै पनि गतिविधी भएको छैन,’ उनले भने, ‘त्यसैले एउटा अभ्यास गर्ने ठाउँ बनाउनुपर्छ भन्ने सोचेर काम थालेका थियौँ, आज पुरा भयो ।
’क्रिकेट खेल अभ्यास गर्ने पिच निर्माण भएसँगै व्रिmकेट खेल्न रुची भएकाहरुले अभ्यास गर्न सक्ने गोरखाली ब्रदर्शका टिम क्याप्टेन बिशाल श्रेष्ठले बताए । व्रिmकेट खेल्ने पिच, नेट, फलामको पाइप, दुई वटा क्रिकेट सेट सबै गरेर एक लाख ९० हजार लगानी भएको उनले जानकारी दिए । क्रिकेटको बिकासका लागि अहिले निर्माण भएको अभ्यास गर्ने ठाउँ आवस्यक रहेको पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले बताए ।क्रिकेट खेलकुदको विकास गर्दै माथिल्लो स्तरमा पु¥याउन सहयोग पुग्ने उनले बताए ।
अब जिल्लामा व्रिmकेट खेलकुदको विकास लागि अन्य पुर्वाधार पनि निर्माण हुनुपर्ने हरमटारी क्लवका महासचिव किरण ढकालले बताए । गोरखाको क्रिकेटलाई नयाँ उचाई पु¥याउने लक्ष्यका साथ व्रिmकेट अभ्यास गर्ने पिच निर्माण गरिएको उनको भनाइ छ । जिल्लामा व्रिmकेटको विकासका लागि क्यान दर्ता गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।




