| मङ्लबार, कार्तिक २४, २०८३

करेण्ट लागेर गोरखा थुमीका बरामको मृत्यू

गोरखाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

आरुघाट गाँउपालिका वडा नं. ४ थुमीका २० वर्षीय प्रेम बरामको करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार साँझ रसुवा जिल्लाको नौकुण्ठ गाँउपालिका वडा नं. ५ मा वाइफाइको तार बिछ्याउने क्रममा बरामलाई करेन्ट लागेर घाइते भएका थिए ।

उपचारका लागि उनलाई त्रिशुली जिल्ला अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको परिवार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्