
रोटरी क्लव अफ बज्र मनासलुको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन
रोटरी क्लव अफ बज्र मनासलुको नयाँ कार्यसमिति चयन भएको छ ।
रामकुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको नयाँ समितिको प्रेसिडेन्ट इलेक्ट शिशुबाबु प्रधान, प्रेसिडेन्ट नोमिनी सुमेन्द्र श्रेष्ठ, भाईस प्रेसिडेन्ट बिनोद अर्याल चयन भएका छन् ।
सचिवमा सुवासबाबु श्रेष्ठ (सुन्दर) कोषाध्यक्षमा रामकुमार श्रेष्ठ, सहसचिवमा सन्दिप श्रेष्ठ चयन भएका छन् ।
पद हस्तान्तरण कार्यक्रम भने केही दिनमा हुने सचिव सुवासबाबु श्रेष्ठले बताए ।




