| मङ्लबार, कार्तिक २४, २०८३

रोटरी क्लव अफ गोरखाको अध्यक्षमा कृष्ण ढकाल चयन

रोटरी क्लव अफ गोरखाको अध्यक्षमा कृष्ण ढकाल चयन भएका छन् । रोटरी क्लवको वर्ष २०२२÷०२३ का लागि ढकालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

क्लवको निवर्तमान अध्यक्ष विशाल रानामगर, पे्रसिडेन्ट इलेक्टमा ज्ञानहरी अर्याल, प्रोसिडेन्ट नोमिनीमा विनोद बस्नेत, भाइस प्रेसिडेण्टमा रामस्वरुप श्रेष्ठ, सेके्रटरीमा अन्जनबाबु खत्री, कोषाध्यक्षमा अजीतरमण खनाल र सहसचिवमा संगमबाबु श्रेष्ठ चयन भएका छन् ।

क्लवको एडमिन चेयरमा लक्ष्मी श्रेष्ठखत्री, सर्भिस प्रोजेक्ट चेयरमा सुरेन्द्र कुँवर, पब्लिक इमेज चेयरमा काजीराम श्रेष्ठ, डिआरएफमा कृष्णप्रसाद ढकाल र मेम्बरसिप चियरमा कुशललाल श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, आरएनएलएम चेयरमा नकुल थापा, क्लव ट्रेनर पवनरमन खनाल, सरेन्जट एडआर्ममा काशीनाथ अम्गाई चयन भएको सचिव अन्जनबाबु खत्रीले बताए । सन २००३ बाट सुरु भएको रोटरीले जिल्लाको स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रका काम गर्दै आएको छ । जिल्ल्लाको ऐतिहासिक र पर्यटकीय स्थलहरुमा पदयात्रा गरेर पनि क्लवले गोरखाको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्