| मङ्लबार, कार्तिक २४, २०८३

आयोजनाको गतिविधीबारे सरोकारवालासँग अन्तरक्रिया

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई गोरखाले सार्वजनीक सुनुवाई गरेको छ । आयोजनाले गोरखाको गण्डकी गाउँपालिकामा शुक्रवार उक्त कार्यक्रम गरेको हो ।

गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा आयोजनाका निमित्त प्रमुख इश्वर बार्सिलाले यसअघि आयोजनाले गण्डकी गाउँपालिकामा गरेका कामको बारेमा जानकारी गराएका थिए । पोषण, कृषि र पशुपालनको क्षेत्रमा आयोजनाले गोरखाको बारपाक सुलिकोट र गण्डकी गाउँपालिकामा काम गर्दै आएको छ ।

आगामी वर्ष गण्डकी गाउँपालिकामा हुने कार्यक्रम र अनुमानीत बजेटका बारेमा पनि निमित्त प्रमुख वार्सिलाले जनप्रतिनिधि, शाखाका कर्मचारी र स्थानीयलाई जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष दिपक तिमल्सिनाले गाउँपालिका भित्र संचालन गर्ने कार्यक्रम किसानले स्मरण गर्न लायक, सम्झन योग्य बनाउन सुझाब दिए । ‘तपाईहरुले कार्यक्रम गरेर गएपछि पनि त्यसको दिगो उपलब्धी होस्’ उनले भने ‘यहाँका जनताले, किसानले सँधै त्यो आयोजनाले यो काम गरिदिएर हामीले रोजगारीको अवसर पायौँ, भन्ने होस् ।’

प्रमुख प्रशासकिय अधिकृत बेदहरी अधिकारीले क्लस्टर इकाई र पालिका बिच अझै धेरै समन्वय आवस्यक भएको बताए ।
कार्यक्रममा वडा अध्यक्षहरु, पालिकाको बिभिन्न शाखाका प्रमुखहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्