| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा बजारका अधिकाश पसलमा मूल्य सूची भेटिएन

गोरखा सदरमुकाम रहेका अधिकाश पसलहरु मूल्य सूचि नराखेको पाइएको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको नेतृत्वमा भएको अनुगमनको क्रममा अधिकाश पसलहरुमा मूल्य सूचि नराखेको भेटिएको हो ।

No description available.


अनुगमनको क्रममा बजार क्षेत्रका किराना पसल, खाद्यान्न पसल, कस्मेटिक, डेण्डल, सुनचादी, इलेक्ट्रोनिक, कपडा, भाडा पसल लगायका पसलहरुको अनुगमन गरेको थियो । सो क्रममा पसल दर्ता गरी भ्याट र प्यानबाट सरकारलाई कर तिर्दै आएको भएता पनि ति पसलहरुमा राखिएको सामग्रीहरुको मूल्य सूचि नभेटिएको सहायक प्रजिअ कमलराज भण्डारीले जानकारी दिए ।

No description available.

त्यस्तै, अधिकाश होटलहरु भान्सा कोठा फोहोर देखिएको र सफासुग्घर बनाउन आग्रह गरिएको छ । आगामी दिनमा अनुगमनको क्रममा सो त्रुटी भेटिएका कानून अनुसार कारवाही गर्ने भण्डारीले बताए । उनका अनुसार २० वटा पसलहरुको अनुगमन गरेको हो । सो अनुगमनमा सहायक प्रजिअ भण्डारी, घरेलु कार्यालय, गोरखा नगरपालिका, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, सुरक्षा नियका र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्