| मङ्लबार, कार्तिक २४, २०८३

लागुऔषध प्रयोग निरुत्साहित गर्न गाँजा फाँड्दै गोरखा प्रहरी

जिल्ला प्रहरी कार्यालय गोरखाले लागु औषधको रुपमा प्रयोग हुँदै आएको गाँजाको बोट नष्ट गर्ने अभियान चलाएको छ ।

एक साताको अवधीमा गोरखामा ३१ हजार चरा सय ३७ बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । असार १४ गतेदेखि बिभिन्न ठाउँमा गाँजाको बोट फडानी सुरु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछाने बताए ।

शहीदलखन गाउँपालिकाको खाल्टे, गण्डकी गाउँपालिकाको घैरुङ, बारपाकको पिनथली, सिरानचोकको कोदे, बारपाक सुलिकोटको माझगाउँ, पालुङटारको सानोबेसी, गोरखा नगरपालिकाको बिभिन्न ठाउँमा गाँजा फडानी गरिएको डिएसपी लामिछाने बताए ।

प्रतिक्रिया दिनुहोस्