
डा. बाबुराम भट्टराईलाई जसपा गोरखा जिल्ला सचिवको खुल्ला पत्र
माननिय डा. बाबुराम भट्टराई अभिबादन
सन्दर्भ फरक परिस्थितीसंग जुधी रहेको यथार्थ हो । तर पनि संकोच आत्माग्लानी पटकै छैन एकलौटी निर्णयको विरुद्ध बोल्नु पर्ने नै थियो । रहेका निर्णय सामुहिक हुन पथ्र्यो तर पनि भएन । सहदै आउँदा आज यो ठाउँ आइपुगेको भने सत्ये हो । अब पनि कति सहनुहुन्छ ।
माननिय डा. बाबुराम राष्ट्रिय पार्टी बनाउन खोज्दा क्षेत्रीय पार्टीमा नै रमाउनु क्षेत्रीय स्तरमा नै अल्ममलिन खोज्ने । हिमाल , पहाड र तराईमा फिजाउन खोज्दा । क्षेत्रीय स्तरमा अड्कीदै नेतृत्व आफै समस्य उत्पती गरी रहने अब पनि कति हेरेर बस्नु हुन्छ डा. बाबुराम । समाबेशी र सामुहिक नेतृत्व हुनुपर्छ । यसले मुलुक र जनताको हित गर्छ भन्दा साघुरो घेरा मै रमाउनेलाई अझै कति नेता मान्नु हुन्छ डा. बाबुराम । विधी र पद्धती अबलम्बन गरौ भन्दा तानाशाही र स्वाच्छाचारी कार्यशैलीबाट अगाडी बढ्नेलाई फेरी पनि किन सम्मान दिनुहुन्छ डा. बाबुराम पार्टी भित्रको समस्या हल गरौ । छलफल गरौ बहस गरौ देशभर पार्टी विस्तार गरौ , मजबुत बनाऔं क्षेत्रीयताबाट माथी उठौं ।
विभिन्न तिगडम गरेर अपमान गरी विदा माग्न आए भन्नेलाई कति झेल्नु हुन्छ डा.बाबुराम । अब यहाँबाट संघियता सुरक्षित हुदैन । सुशासन कायम गर्न सकिदैन जनताले सोचेजस्तो सम्बृद्धी ल्याउन पनि सकिदैन र समाजबाद आउने त धेरै टाढाको विषय हो । हामीले सोचे जस्तो पार्टी , हामीले सोचेजस्तो देश निमार्ण र हामीले सोचेको सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना यहाँबाट सम्भव छैन भन्ने कुरा स्पस्ट भइसकेको छ। उही पुरानै ढङ्गको कार्यशैलि, पुरानै स्वाभाव र प्रबृती केही मान्छे सत्तामा जाने मन्त्री हुने सत्ताको वरिपरी मात्रै घुम्ने र निश्चीत मान्छेहरु पार्टी भित्र हावीहुने यस्तो खालको संस्कृती यहाँ पनि विद्यमान छ । त्यसैले नयाँ सोच , नयाँ विचार , नयाँ शक्ति पार्टीको मिसन र बैकल्पीक शक्ति निमार्णको योजना जनता विच लोकप्रिय देशको निम्ति टट्कारो आवश्यकता हुदा हुदै पनि आज कता कता छायाँमा परेको अनुभुती भईरहेका छ ।
समाजबादी अभियान्ताको चाहाना नेपाल र नेपालीले खोजेको बैकल्पिक शक्ति निमार्ण र गन्तव्य ।यही तौर तरिकाबाट सफल हुने स्थथिति नदेखिएको आम शुभचिन्तक र जनताले गुनासो पोखिरहेका छन् । त्यसैले अब अल्मलिनु बेकार छ । निति विचार , सोच, चिन्ता मिल्ने संग पार्टी एकता गरौं । अल्पकालिन रुपमा देखिएका क्षेणिक समस्या हल गर्न सोच मिल्ने र विवेक प्रयोग हुने संग कार्यगत एकता गरौं । अब पछाडी पर्कने ठाउँ छैन ।
अगाडी बढ्दै समाजबादी केन्द्रमा रुपान्तरीत र गोल बन्द हुदै । अघीबढ्नुको विकल्प पनि छैन । त्यसैले अब अलमल नगरौं यथास्थितिलाई छिनाल्दै समय सापेक्ष देश र जनताको हितमा बनेका हाम्रा योजना लागु गर्दै अगाडी बढ्नु पर्ने टट्कारो आवश्यकता खड्की सक्यो । रुपान्तरण गर्दै एकता आजको विकल्प हो । विगतमा जसरी विभिन्न कार्ष पुरा हुदै आयो । अब यो कोर्ष पनि पुरा भई सकेको छ । यही परिस्थीति रहिरहे म लगायत हजारौ नेता कार्यकर्ता विचलित भएर नेतृत्व माथिको पटक–पटकको अपमान सहेर बस्ने स्थतिमा छैनौ । यस विषयमा बेलैमा सचेत हुन जरुरी छ । अब ढिला भैसक्यो । सोचौ , सोचौ फेरी पनि सोचौ । तत्काल निणर्य गरौ अब नकुरौ । कुदैजाने हो भने दुर्धटना नजिकै छ ।
आम नेपाली जनताको आशा र भरोसाको केन्द्र विकास निमार्णको मोडेल र योजनाकार डा. भट्टराई तपाई संग पद लोलुप्ता छैन भन्ने कुरा यो कोर्षले दिएको दरीलो प्रमाण हो । नेपाली जनताले धेरै ठूलो भरोसा र विश्वास गरेका छन् । त्यसलाई कहिल्यै निभ्न नदिनु होला । हाम्रो साथ रहिरहने छ ।
धन्यावाद ।
विपिन चन्द्र ढकाल
जसपा जिल्ला सचिव
गोरखा ।




