
बालबालिकालाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण
प्रबल नेपालले आयोजना गरेको “बालबालिकासँग प्रबल“ कार्यक्रमको अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । गोरखा गण्डकी गाउँपालिका ४ फुजेलमा रहेको दिर्धेश्वर मा.वि का ३० जना बालबालिकालाई कपी, कलमलगायत शैक्षिक सामग्री वितरण गरेको प्रबल नेपालको सचिव अरुणा ढकालले जानकारी दिइन् ।
विगतका दिनहरुमा प्रबल नेपालले विभिन्न ठाउँहरुमा पुगेर त्यहाँको शैक्षिक अवस्था बारे बुझ्दै आएको र आवश्यक देखिएको ठाउँहरुमा बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको सचिव ढकालले बताइन् ।
त्यस्तै, गण्डकी गाउँपालिका ३ फुजेलमा रहेको भैरवाश्रम मावि का १२ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ । “बालबालिकासँग प्रबल“ कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लाहरुमा पुगेर हरेक विद्यालयमा एक÷एक जना छात्रछात्रालाई प्रबल सँग जोडिराख्ने र त्यसो हुँदा सम्बन्धित ठाउँको समस्या पहिचान गर्न सहज हुने र त्यसको समाधानको बाटो खोज्न सहज हुने संस्थाकी अध्यक्ष रन्जिता अधिकारीले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले शैक्षिक सामाग्री र लत्ताकपडा उपलब्ध गराइदिनु हुने थाहा युथ इन्भेष्टमेन्ट फन्डस् प्राली प्रति संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरिन् । यस्तै, विद्यालयका सह–प्राधानाध्यापक ठाकुर प्रसाद पन्तले संस्थाले विद्यालयमा गर्दै आएको कार्यक्रम र सहयोगको प्रशंसा गर्दै विद्यालयले आफ्नो तर्फबाट कार्यक्रमप्रति सकारात्मक रहेको बताए ।




