| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा प्रचलित गाउँखाने कथाहरु


No description available.
रामचन्द्र आचार्य
गो.न.पा. ७, धारापानी, छाउनी

बाल्यकालमा आफूलाई डो¥याउने तथा आफ्ना अग्रजहरुले समय अनुसार उत्प्रेरक कथाहरु सुनाउने र सोध्ने कार्यले आफू उनीहरुप्रति आकर्षित हुन्थे । घरमा आफ्ना अभिभावकहरु सवै कृषि पेशामा आवद्ध थिए । कृषि कार्यमा संलग्न हुँदा पनि लोक साहित्यका करुणाप्रधान गीत गाउनु, मीठा कथा सुन्नु, सुनाउनु अथवा गाउँखाने कथा सोध्ने र उत्तरको प्रतिक्षामा बस्नु एक प्रकारको संस्कृति जस्तै थियो । कृषि कर्ममा प्राय ः गाउँलेहरु सवैको एकै प्रकारको पेशाकै कारणले पनि भारापर्म आदिले तिनीहरु सबै एक आपसमा प्रेमालापनमा प्राय ः आवद्ध हुन्थे ।

फुर्सदको समयमा त्यसै बस्नुको बदलामा बत्ती कात्दै महिलाहरु कि त लोकभाकाका गीतले गुन्जयमान गर्नु वा कथा भन्नु तथा गाउँखाने कथा सोध्ने संस्कृतिले तत्कालीन् धेरैलाई विभिन्न किसिमका लोकगीत गाँउन र सुन्नप्राय ः सवै लालयित हुन्थे । एउटाले सुनेको, जानेको वा रचना गरिएका यस्ता साहित्यले गाउँका सवै सदस्यहरुमा सिँचित हुन्थ्यो । फुर्सदको समयमा सधैँ यस्ता कथाहरु तथा लोकगीतका बिस्कुनले देख्ने, भेट्ने, सुन्ने सवैलाई तृप्ती दिलाउथ्यो । घरका वालकहरुलाई पनि घरका बूढाबूढीहरुले मीठो शैलीमा कथा कहने मात्र हैन, कहिले काँही अभिनय गरेर पनि ती बालकहरुको मनस्थितिलाई प्रशन्नता दिलाउथे । त्यस्ता लोक साँस्कृतिहरु विद्यमान अवस्थामा लोप हुने स्थितिमा पुगेको देखिन्छ ।

म आफूले सुनेको लोक कथा त लेखेर साध्य लाग्दैन । बरु लोकगीत कतै कतै मेलापात, साँकृतिक पर्व आदिमा अद्यापि गुन्जन सुनिन्छ । गाउँखाने कथा भने तत्कालीन् समयमा कुनै पनि भेगमा सुनेको छैन । त्यसैले आफूले सम्झेका वा सुनेका निम्न गाउँखाने कथाहरु र तिनीहरुको उत्तर निम्नअनुसार पस्केको छु । कुनै जिज्ञासुले यसलाई अध्ययन गरे भने मेरो आफ्नो लक्ष्य पूर्ण भएको सम्झनेछु । आदिबासी मानिसहरुका पेशा कृषि नै भएकोले अधिकांश गाउँखाने कथा कृषिसँग मात्र सम्बन्धित छ ।

कृषि मानिसको सभ्यताको जननी हो । विगतका यी विविध कथाहरुलाई वर्तमान अवस्थामा विज्ञानको कोसेली मोवायल, आइप्याड तथा कम्प्युटर आदिले ती कुराको विसर्जन गरेको ठानेको छु । घरघरबाट गोठालो जाँदा, चौतारामा आरामगर्दा पिँडीमा जम्मा भएर बस्दा, केटाकेटी भुलाउँदा आदिपूर्व संस्कारले नै धेरै प्रतिशत विदा लिएपछि संस्कृति लोप हुनु कुनै आश्चर्य देखिन्न ।

उखानहरु :

१. राती बूढी भीरभीरै नाच्छिन् के हो ?

२.विहान उठ्यो बूढीलाई भुत्ल्यायो के हो ?
३. छड्छड् बूढा÷बुढी म अघि जान्छु के हो ?
४.आमा छाद्छे छोरी खान्छे के हो ?

५.सानु सानु प्याङ, प्याङभरि दाम के हो ?
६. भुँ–भुँ गर्छ भमरो होइन, कानमा जनै छ बाहुन होइन के हो ?
७. वरिपरि मस्यौरा माझमा घ्वाँइ यो कथा नजान्ने मुसाको ज्वाँइ के हो ?
८.वरिपरि गिन्ठिङ माझमा लिन्ठीङ् के हो ?
९. पुङ् त पुङ् रक्सी हाल्ने पुङ् भद्रभद्र मान्छे आए मेरै दुलो सुङ् के हो ?
१०. जुँगा छ मुख छैन लुगा लगाउछ मान्छे होइन के हो ?
११. बाहिर सुन भित्रचाँदी के हो ?
१२. काँचै खाए त्यसै खान हुन,े पकाएर खाए पोलेर खानु पर्ने के हो ?
१३. गाईले डल्ली पाई, डल्लीले चल्ली पाई के हो ?
१४. सानो छँदा चिमोट्छन्, ठुलो भए पछि निचोर्छन् के हो ?
१५. गुन्द्रीकाम्लो लदावदी ज्वाईँ नानीभुइँमा के हो ?
१६. डालोमा हगाउने, ताउलामा मुताउने के हो ?
१७. एक भाइ नाच्ने ४ भाइ लुक्ने पाँचभाई हेर्ने के हो ?
१८. लहरो तान्दा पहरो थर्कने के हो ?
१९. पुड्के बाहुनको सुर्के चन्दन ? वा काली नानीको सेतो टीकी के हो ?
२०. चाँदीको ठेकीमा स्याउलाको विर्को के हो ?
२१. उँधो टिङ्ग्रीङ उँमो जिग्रिङ्ग के हो?

२२. वल्लो घरको नरे पल्लो घर सरे केहो ?
२३. नग्रा छन् भालु होइन, श्रीपेच छ राजा होइन केहो ?
२४. लामकाने बाख्राको झप्कने कान, एक हातले नसके २ हातले तान् के हो ?
२५. तामे नलि फलामे फली, यो कथा न भन्ने मेरै हली के हो ?
२६. उत्रु चरी फुत्रु फुत्र,ु पुच्छर छैन ङ्याच्च के हो ?
२७. राती गेडी टिप्न जाँदा कोप्री गाईले हानी के हो ?
२८. आमा झुप्री, छोरी कुप्री नातिनी सलसलाउदी केहो ?
२९. ज्यान छि¥यो पुच्छर अड्कियो के हो ?

३०. हिड्दै छ पाइला मेट्दै छ के हो ?
३१. काठका अगडम बगडम् फलामको जोर, अघि लागे रामचन्द्र पछि लागे चोर के हो ?

३२. छोटो मोटो चार अङगुलको वरिपरि रौँ मात्र के हो ?
३३. एक खुट्टे बोकाको ३ धार्नी बोसो के हो ?
३४. एक भाई लडे सय भाइ बडे के हो ?

३५. ६ भाईका एउटै टुपी के हो ?
३६. आमाभन्दा छोरी बोक्सी के हो ?
३७. पुवाले गोरुको भरभराउदो रुप ऊ जागे पछि सवैले उठ के हो ?
३८. अघाएपछि बन्द, भोकाएपछि खुला के हो ?
३९. भाले पोथी एउटै ज्यान मान्छेको मिज्जु के हो ?
४०. एक सिंगे फर्सीको नाँच, त्यसैले बाँच के हो ?
४१.सुनको जाँतो काठको हातो के हो ?
४२. झपक्क रानी, फेदैमा पानी, नपाए पानी जिन्दगानी जानी के हो ?
४३. अन्धन बन्दन चाकमा चन्दन् के हो ?
४४. खसी बसिरहने दाम्लो चर्न जाने के हो?

४५. हिड्दै छ मटेंग्रा पार्दै छ के हो ?
४६. चार हातको टनेमने, झपक्कै मुने, यो कुरा नभै नहुने के हो ?
४७. आकाशमा फुल्ने पातालमा फल्ने के हो ?
४८. रातो सेतो शिरको टाटो संसारै डुल्ने उसको बाटो के हो ?
४९. सानो सानो पथरी झ्याइँझतरी के हो ?
५०. चार भाई गुहुमुत चार भाई रजपुत २ भाइ लंकामा एकभाइलाई दुःख के हो ?
५१. बाजेको लन्ठन समाइदिन भन्छन् वा कालो हाल्छन्, सेतो भिक्छन् के हो ?
५२. इत्रुकी वित्रुकी रायो, गेडो जत्रुकी रस झिकी खाँदा जंगबहादुर के हो ?
५३. गुन्द्रीकाम्लो जतातँतै ज्वाइचाहि भूईमा के हो ?
५४. एक खुट्टे खसीको २ वटा सिङ जति सक्यो छिटो डल्लामा हिड् के हो ?
५५. हातको काठ चन्द्रमाको जातजति सक्यो छिटो घाँसमा नाँच के हो ?
५६. तीनभाइको एउटै पगरी?

५७. बाहिर काली कोइली भित्र तामा चोइली के हो ?
५८. हाकुरी भैसीको काँकुरी सिङ के हो ?

५९. बाहिर तामा भित्र सुन के हो ?
६०. हरियो चरी मोती जडित दोसल्ला ओडी मैदानमा खडी के हो ?
६१. चारै भाई दौडदै खाल्टोमा फस्ने के हो ?
६२. आमाभन्दा छोरी बाठी के हो ?

६३. चारै जनाको एउटै मित के हो ?
६४. आमादेखि तर्कदै दौड्यो पर पुगेछि रुँदै झ¥यो के हो ?
६५. आमा गर्भमा छोरी घर्तीमा छाता ओड्ने के हो ?
६६. आकाशका तार धर्तीमा आए घर्तीमा आउँदा मौरी रमाए के हो ?
६७. यही लैजा यसैलाई काटकुट पार बेच यसैलाई बोकाएर ल्या के हो ?
६८. छालाको ठेकी काठको उजिण्डो के हो ?
६९. दिनभरि लुरीखुरी रातभरी कान्ला कुरी के हो ?
७०. मरेको भैसी गाउँवेसी गर्छ के हो ?

७१. च्याट्टै काटी बुङ्गै नाची के हो ?
७२. पत्रै पत्र डल्ले च्याउ मन लागेमा पकाइ खाऊ के हो ?
७३. चार पट्टिको पाहुना फकाईफकाई ल्याउन कोचाइ कोचाइ ख्वाउना के हो ?
७४. दिदीको छोरो नि होइन बहिनीको पनि होइन त्यो भन्दा साख्खै भनिज पनि छैन के हो ?

७५. अभाव पुकारमा बाबु रिसाए, आमालाई ड्याडुडुङ पारी जहान तर्साए के हो ?

७६. वरिपरि मट्यांग्रा माझमा घ्वाइँ यो कथान जान्ने कुकुर्नीको ज्वाइँ के हो ?
७७. अण्डारनको केतु भण्डारनमा खाँटी कुरा प्रकृति धाई सन्तानलाई सधैँ वाइ के हो ?

७८. दिनभरि सुत्ने रातभरी उठ्ने के हो ?
७९. एउटा चिजको तीनवटा नाम दुइटाले हेर्ने अर्कोको नाच के हो ?
८०. दुईबीसे बाह्र भाइको धेरै नाच, सधैँ हेर्न थाले होइन्छ बनीबास के हो ?
८१. देख्न, छुन, सुघ्न, नसकिने मान्छेलाई नभै पनि नहुने के हो ?
८२. बस्दा लड्ने हिड्दा बुइ चढ्ने के हो ?
८३. खान त दिने सधैँ झुण्ड्याएर राख्ने के हो ?
८४. गहतकोसे घोप्टी गाई दिनभरि चरी भोकै आइ के हो ?
८५. थाप्लोमा बस्छ भैमा सुत्छ के हो ?
८६. किरिङ मिरिङ सुख्खा चउरमा जति सो¥यो उति रस के हो ?
८७. एक्लै केही गर्न नसक्ने, दोक्लै भए संसारकै सवै थोक गर्ने के हो ?
८८. एक्ली गाई छाद्दै हिड्छे, देख्ने चाट्दै जान्छ के हो ?
८९. खाल्टोमा परेकी एक्लीलाई स्वजातीवादमै जातिले सेवा गर्छन् के हो ?
९०. गोलाई दाइको हवाइ खान्की जति लात्ती उति बान्की के हो ?
९१. पोलेको माछो खेत बारीबारी हिड्छ के हो ?
९२. बज्छ बाजा होइन, कम्मरमा बस्छ इजार होइन के हो ?
९३. चर्न जाँदा लल्याकलुलुक् चरेर आउँदा फ¥याकफुरुक् के हो ?
९४. सात भाइका नऊ सम्बन्ध हुने बाउछोरा सवैलाई चाहिने के हो ?
९५. दुई अक्षरको मेरो नाम उल्टो सुल्टो एक समान झगडा छिन्ने मेरो काम के हो ?

९६. अत्ति न पत्ति पिँधमा बत्ती के हो ?
९७. तँभन्दा खुल्छ म भन्दा खुल्दैन के हो ?
९८. उठे सगरसम्म बसे गजधम्म के हो ?
९९. खानु न पिउनु मुन्टो भने जोतेको जोत्यै के हो ?
१००. झ्यापुल्ले आमाको पेटमा नानी, नानीको पेटमा पानी के हो ?

उत्तरहरु


१.रातो माटोले भित्ता पोतेको
२.पराल थुतेको

३.लठ्ठी
४.पानी सारेको

५.खूर्सानी
६.चर्खा

७.चन्द्रमा

८.केराको घरी
९.हुक्का(तमाखु खाएको)
१०.मकैको घोगा

११. धान, मकै
१२. तमाखु

१३.अण्डा

१४. तोरी
१५. फर्सी,

१६. कोलमा तोरी पेलेको
१७. सूर्ती माडेको,

१८. मोही मोथेको
१९. मास,

२०. मूला,

२१. जौ
२२. आग्लो,

२३. कुखुराको भाले
२४. मूला,

२५. फापर,

२६. भ्यागुतो
२७. वयर,

२८. गहत,

२९. सियो
३०. डुङ्गा,

३१. गोरु जोतेको
३२. जौको बालो,

३३. काउली
३४. मकै,

३५. मकैको झुत्तो
३६. खुर्सानी,

३७. आगोको ज्वाला
३८. ट्यांका,

३९. गँडेउला
४०. मकै वा कोदो पिनेको जाँतो
४१. पाकेको फर्सी,

४२. धान रोपो,

४३. भाँडामा खरानी लगाएको
४४. फर्सी
४५. भेँडा वा बाख्राका बड्कम्ला
४६. जौको बालो,

४७. आलु
४८. सूर्य,

४९. मुसुरो
५०. भैसीका ४ खुट्टा ४ थुन र २ सिङ १ पुच्छर
५१. जाँतोमा कोदो पिनेको
५२. कोदो,

५३. फर्सी,

५४. डोलेठो
५५. हँसिया,

५६. ओदान,
५७. मुसुरो
५८. गहत,

५९. तोरी,

६०. मकै
६१. दुध दुहेको,

६२. खूर्सानी
६३. बूढी औला,

६४. वर्षा,

६५. कर्कलो,

६६. तोरी फुलेको,

६७. भेँडा र ऊन,

६८. फर्सी, ६९. हलो,

७०. हल्लुँडो (नारा),

७१. कोदाको बाला टिपेको नल,

७२. बन्दा,

७३. कोलमा तोरी पेलेको
७४. माइजू भानिज,

७५. असिना परेको,

७६. चन्द्रमा,

७७. चरा
७८. चरुवा बस्तुको दाम्लो
७९. पानी, हिउँ, बादल
८०. तास खेलाई,

८१. माया, प्रोम, स्नेह,

८२. डोको,

८३. गबुवा
८४. हँसिया,

८५. नाम्लो,

८६. पुस्तक
८७. चस्मा,

८८. लेख,

८९. काँडो झिकेको,

९०. फटबल (भकुण्डो)
९१. फाली,

९२. खूर्पेटो वा खूर्पिठ्याक्
९३. सेलरोटी,

९४. शनिबार र आइतबार,

९५. जज्,
९६. जुनकिरी
९७. ओठ,

९८. कुहिरो,
९९. हलो वा लुँडो
१००. काचो नारियाल

प्रतिक्रिया दिनुहोस्