
विशेषयुद्ध भूमिबाट अंग्रेज फौज लखेट्न सफल वीर रणवीरसिँह थापा
काजी जर्नेल रणवीरसिँह थापा (स्वामी अभयानन्द) अत्रि गोत्रका बगाले थापाका कुल वंशी हुन् । बिक्रम संवत १८४१ अधिक आषाढ १२ गते नेपालको कान्तिपुरी नगरी, थापाथली नामक ग्राममा यिनको जन्म भयो । यिनको मूल घर भने गोरखा पिपलथोक पन्थेस्वाँरा हो ।
यिनको बारेमा जानकारी लिन सर्वप्रथम यिनका बाबु अमरसिँह थापाले पाल्पामा अमरनारायण स्थापना गर्दा राखेको ताम्रपत्रले राम्रो जानकारी मिल्छ । नेपालका राजवंशको अतुल कीर्तिको सम्झनाका साथै विशेष रुपले जानकारी दियो ।
त्यसबाट यिनको वंश र ख्याति थाहा पाउन सकिन्छ । (पं. श्री नयनराज पन्तको(प्राचीनदेखि संरक्षित)
(विक्रमसंवत् १८४७ सालि वाहन शकः १७१२ चन्द्रा आषाढाधिक शुक्ल दशभ्याम् भौमे गत १२ कान्तिपुराधिवासिनाः श्री श्री श्री अमरसिँह नामध्येयस्य विवाहित पत्न्यं श्री सत्यरुपा देव्यां पुत्ररत्नमजनिः तस्याभिधानं श्री श्री श्री थापा रणवीर नामा दीर्घायू ।)
बगाले भन्ने पदको अति प्राचीन र ऐतिहासिक छ । नेपालका राणा वंशावलीमा बगाले थरलाई बघेल लेखिएको देखिनाले बघेल बगाले दुई शव्दमा परस्पर भाषान्तरित हुन गएको सम्झिन आउँछ । तर यो पद नाम चारै वर्णमा विभक्ता देखिननाले समाज तथा देशभेदले नै बन्न गएको अनुमान हुन्छ ।
धेरै अघि बगाले नामको समाज हुम्ला तारामा थियो । त्यही समाजभित्र कुल वंशको लेखो गर्दा समाल वंशदेखि उत्पत्ति भएका वंशधरहरुबाट देवाखरको वंशसम्म आई त्यसपछि अरुअरु थर पद लिएर तीन हाँगो फाट्यो ।
देवाखरका वंशदेखि कापृयाका मल्ल वंश र केदारु मारुल्या बगाले तथा गोतामका गोतामेहरु बने । यो पनि देश भेदको नामले संयुक्त हुन गएको देखिन्छ । देवाखरका छोराहरु तीनमा जेठा गोताममा गएर बसे । माहिला हुमला तारा मारुली मोतीदेवीका राजस्थान–केदारु मारुलाका बगाले थापा हुन् । भोटका राजाहरुको अधिपति भएर रहे । कान्छा कापृयाका वम्चन सेन मल्लहरु भए ।
जनरल अमरसिंह थापाका छोरा जनरल रणवीरसिंह थापा कर्नेलको ओहोदाबाट नेपाल अङ्ग्रेज युद्धमा मकवानपुर इलाका (जसमा पूर्वमा कोशी नदीदेखि हाल चितवनको राप्ती नदीसम्म पर्दथ्यो) को जिम्मेवारी पाएर युद्ध लड्न तयार थिए ।
यिनी खरो स्वाभावका भएर नै यस्तो महत्वपूर्ण जिम्मेवारी पाएका थिए । युद्धको पहिलो चरणमा मेजर जनरल बेनेट मार्लेले नेतृत्व गरेको अङ्ग्रेज फौजलाई उनले सीमाना काटेर आउने आँट गर्न समेत दिएका थिएन् ।
सीमानादेखि चुरे घाँटीबिचका धेरै स्थानमा उनले म्भमबथष्लन दबततभि उयकष्तष्यल राखी अङ्ग्रेजलाई ःबष्ल दबततभि मा हराए भने अङ्ग्रेजका मुख्य कमाण्डरनै युद्ध भुमिबाट भागेका थिए ।
युद्धको दोश्रो चरणमा उनी मोरङ ईलाका ९कोशी नदी देखि टिष्टा नदीसम्म० को सेक्टर कमाण्डर भएका थिए । उनलाई आफ्नै दाई बख्तावरसिंह थापाले बदलेका थिए । यस बखत पनि मोरङ क्षेत्रमा ःबष्ल दबततभि भएनन् भने सुगौली सन्धिले गर्दा नेपाल अङ्ग्रेज युद्ध नै अन्त भयो ।
वि.सं. १८६३ बैशाखमा पाल्पाको प्रशासक भै खट्टिएपछि पिता जनरल अमरसिंह थापाले उनलाई बच्चामै ९ वर्षको उमेरसम्म गुल्मीको रेसुङ्गा मन्दिरका योगीको चेला बनाइ दिए । उनी धर्मकर्ममा बचपनदेखि नै लिप्त रहेका थिए । यद्यपि वि.सं. १८६५ सालमा उनको विवाह नैन कुमारीसँग भयो र त्यसै वर्ष जागिरे पनि भए उनका शेरविक्रम, युद्धविक्रम, शम्शेरजंग, भीम विक्रम तथा रघुविक्रम ५ छोराहरू थिए । उनले ल्हासामा कर्नेल पदमै रही कूटनीतिक काम गरेर धेरै वर्ष बसेका पनि थिए ।
भीमसेन थापालाई बडा र यिनलाई छोटा जनरल पनि भनिन्छ । नेपाल–अङ्ग्रेज युद्धको लागि बडाकाजी अमरसिंह थापा र यिनका सम्धी सरदार भक्ति थापा, बडाकाजी अमरसिंह थापाका छोरा रणज्वर र बस्न्यात पाँडेहरू कोही पूर्व खटिए, कोही पश्चिम खटिए । पर्सा समनपुरतर्फ रणवीर सिंह थापा खटिए ।
यो युद्धमा नेपालका वीर सैनिक तथा सरदारहरूले युद्धको निमित्त प्रस्थान गर्दा विक्रम सम्वत् १८७२ साल कात्तिक ९ गते विजया दशमी टीकाको साइत थियो । नेपालबाट फौज युद्ध गर्न रमाना भए । रणवीर सिंह आफ्नो बाबुको कृया सकी विक्रम सम्वत् १८७२ मार्ग १३ गते युद्धमा रमाना भएका थिए ।
पहिला चरणमा युद्धमा रणवीरले अङ्ग्रेजलाई खेदेकै हुन । सुरुमा गोराहरू ९०७ र हिन्दूस्थानी काला फौज ७००० लिएर मेजर मार्ले पर्सा समनपुरतर्फ युद्ध गर्न आए । युद्धमा अड्न नसकी अङ्ग्रेज जनलर मार्लेले एकाएक युद्ध छोडेर भागे । कप्तान सिल्बिलाई गोली लाग्यो र नेपालीहरूको विजय भयो ।
नेपालीहरूले अङ्ग्रेजको छाउनी (ब्यारेक) जलाए । विजयी नेपालीहरूले भाग्ने अङ्ग्रेजी फौजहरूलाई लखेटे । ती भागेकाहरूले घोडासहननेर पुगेर मात्र श्वास फेरे र जनरललाई हेष्टिङ्गले यहीँ कार्यरतमा मार्लेलाई बर्खास्त गरेर नोकरीबाट हटाएको कुरा इतिहासमा उल्लेख छ ।
रणवीरसिंहको नेतृत्वको सेनासँग भिड्न मेजर जनरल मार्ले धेरै दलबलहरू लिएर पर्सा समनपुरतर्फ बढ्दै आए ।
जाई कटक नगर्नु, झिकी कटक गर्नु भन्ने वीर गोरखालीहरूको युद्ध नीतिअनुसार बढ्दै आएका अङ्ग्रेजको फौजसँग बिस्तारै हटेर रणवीरसिंह थापाले आफ्नो फौजको सैनिक सिविर किल्ला चुरेका पहाडका अनेकौँ खण्डहरूलाई बनाए ।
त्यसपछि अङ्ग्रेजहरूलाई पहाडतर्फ बढ्नु आकाशकै तारो भयो । तल मैदानमा उत्रेर लड्न गोरखालीहरूलाई गाह्रो थियो । यसबाट युद्ध चालु मात्र भयो, दुवै पक्षबाट अघि बढेन । युद्ध कति दिन यसरी रहने हो टुङ्गो थिएन । रणवीर सिंहले थप मद्दत मागे र उनको मागअनुसार काठमाडौँँबाट फष्ट राइफल रेजिमेन्ट (पल्टन) पनि आइपुग्यो ।
रणवीरसिंह थापाले गुप्तचरहरूबाट लिएको खवरअनुसार दुश्मनले गरेको मुहुडाको आक्रमण लाई छलेर अङ्ग्रेज मार्ले बसेको समनपुरको मुख्य छाउनी छापा मार्न पुगे ।
यो युद्ध वि।सं। १८७२ सालको पौष सुदी ६ रोज ७ को दिन १९ घडी रात बितेको समयमा भएको थियो । भाग्ने दुश्मनहरूको पछि लागि गोरखालीहरूले ङ्ग्रेजहरूलाई करिब ४ कोश पर लखेटे ।
रातमा दुश्मन पक्षका समनपुरको मूल छाउनीभित्र गोरखालीहरूको फौज पस्यो । रातको समय कोकोहोलो चलेको बेला वृटिस सैन्यले केहीबेर मुठभेडले युद्ध गर्ने साहस निकाल्यो ।
अग्निकुण्डमा फालहाली युद्ध गर्ने तरिकाका वीर गोरखालीहरूले वैरीका सैन्यलाई नछाडी होम्मिदै बढेकोले आखिर दुश्मन पक्षले भाग्ने बलसिवाय अरू पुरुषार्थ देखाउन सकेनन् ।
वीर सिपाही जनरल रणवीर सिंह थापाबारे थपथाप
१. जनरल अमरसिंह थापाका छोराहरु मध्य कमान्डर ९इन ९चिफ भीमसेन थापाका जेठा छोरा थिए। नेपालको सैनिक ईतिहासमा वीरता कमाउने मध्ये भीमसेनका भाईहरु काजी नयनसिंह थापा ९ काङडाको लडाईंमा मारिए, काजी बखतबर सिंह थापा ( नेपाल अङ्रेज युद्धमा लडे र जनरल रणबीरसिंह थापा ) नेपाल अङ्रेज युद्धमा लडे ।
२. सैनिक ईतिहासमा बडाकाजी अमर सिंह थापा र जनरल अमरसिंह थापा छन। दुबै गोर्खाका थिए ।
३. नेपाल अङ्रेज युद्धको पहिलो चरणमा ब्रिटिश जनरल बेनेट मार्लेको नेतृत्वमा ३ बाहिनी अर्थात् १ डिभिजन फौज पूर्वमा बागमती नदीदेखि पश्चिममा गन्डक अर्थात नारायणी नदी बिचको भूगोलमा हमला गर्न फौज अगाडि बढ्यो ।
४. नेपालतर्फ यस क्षेत्रका कमान्डर जनरल रणबीर थिए । उनको मुख्य हेडक्वार्टर मकवानपुर दरबारमा थियो । ठूलो मोहोडाबाट स् रौतहटसमननपुर ९ लडाईंया समनपुर्० ९ बारा गढी ९ पर्सागढीमा उत्रेका अङ्रेजहरुलाई सन् १८१४ डिसेम्बर महिनाको अन्तिमा राति तिनै ठाउँमा एकै पटक हमला गराइ, सबैतिर गर्दा ३०० जति अङ्रेज फौज मारे । जनरल मार्ले युद्ध भूमिबाट भागे । यो लडाईं नेपाली फौजले जिते ।
५. १८१५ कोनोभेम्बरको अन्तिम हप्ता ९ रु० मा जनरल अक्टरलोनीको कमान्डमा ब्रिटिशले फेरि मकवानपुर र हरिहरपुर २ तिरबाट हमला र्गयो। यस बखत जनरल रणबीर अन्तै खटिएका थिए। यो युद्ध नेपालले हार्यो ।
६. अनि सन् १८१६ डिसेम्बर २ को दिनमा हाल भारतको रक्सौल भन्दा ३५ कि। मि। जति पश्चिममा रहेको सुगौली छाउनी अर्थात् सैनिक ब्यारेकमा सन्धि भयो । जसलाई सुगौलीको सन्धि भनिन्छ ।
७. नेपालका केही ईतिहासकारहरुले सुगौली मकवानपुर जिल्लामा पर्छ, नेपालमा नै छ भन्ने गरेका९लेख्ने गरेका छन। त्यो गल्ती हो । मैले स्थलगत भ्रमण गरी निक्र्यौल गरेको हुँ ।




