
उपभोक्ताको अधिकारबारे चेम्बरको प्रशिक्षण
गोरखा चेम्वर अफ कमर्सले उपभोक्ता हित संरक्षण ऐन सम्बन्धी जागरण अभियान संचालन गरेको छ । गोरखा सदरमुकामका ब्यापारी ब्वशायीलाई उपभोक्ता अधिकारको बारेमा जानकारी गराइएको चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताए ।
मंगलवार सदरमुकाममा भएको एक कार्यक्रमका बिच सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद भण्डारीले प्रशिक्षण दिएका हुन् ।
ब्यापार ब्यवशाय गर्दा उपभोक्ताको अधिकारीलाई कसरी ख्याल गर्ने भन्ने बारेमा ब्यापारीलाई जानकारी गराइएको थियो । कस्तो बस्तु उत्पादन गर्न हुने, कस्तो नहुने, गुणस्तरमा कसरी ध्यान दिने, मूल्य निर्धारण वा नाफा कतिसम्म राख्न मिल्ने, लेबलिङ कसरी गर्नुपर्ने लगायतमा बारेमा उनले जानकारी गराएका थिए । उपभोक्ताको अधिकारलाई ध्यान नदिँदा त्यसबाट पर्ने असर र उत्पन्न परिस्थितिको ब्यापारी ब्यवशायीले सामना गर्नुपर्ने बताउँदै उनले विषेश ख्याल गर्न सुझाब दिए ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख महेन्द्रप्रसाद भण्डारी लगायतले मन्तब्य राखेका चेम्बर अफ कमर्सका महासचिव रामस्वरुप श्रेष्ठले बताए ।




