| मङ्लबार, कार्तिक २४, २०८३

आरुघाट ११ औ गाउँसभा : डुबानका कारण रोकिएका विकास निर्माण सुरुगर्न पहल गर्ने


गोरखाको आरुघाट गाउँपालिकाले ११ औ गाउँसभा शुक्रबार सम्पन्न गरेकोछ । सभामा गाउँपालिकाका अध्यक्ष राजु गुरुङले आगामी आर्थिक वर्ष २०७९÷०८० नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।


आरुघाट गाउँपालिकामा पालिका स्तरीय र वडा स्तरीय गौरवको आयोजनाहरु किटान गरी ‘एक वडा एक पहिचान, एक गौरवको योजना हाम्रो अभियान’ रहने लक्ष्य लिएको छ ।


गाउँपालिकामा दुग्धजन्य, मासुजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनको लागि पशुपन्छीको नश्ल सुधार कार्यक्रमलाई थप सुधार गर्दै निरन्तरता दिइनेछ । कृषकको गोठ सुधार, भकारो सुधार जस्ता कार्यक्रमलाई निरन्तरता दिइने र घरपालुवा पशुचौपाया भैंसी, कुखुरा, भेंडा÷बाख्रा, गाई, बंगुरपालन, माछा पालन कार्यक्रमलाई थप परिष्कृत बनाउंदै व्यवसायीकरण तर्फ लाग्नेलाई सामुहिक किसिमबाट अनुदान दिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाभित्र खेती योग्य जमीन बाँझो रहने समस्या बढिरहेकोले बाँझो जग्गामा सामुहिक वा व्यक्तिगत स्तरमा खेति गर्न चाहनेलाई प्रोत्साहन गरिने र जमिन बाँझो राख्ने कृषकहरुलाई थप कृषि अनुदानका कार्यक्रममा समावेश नगरिने नीति लिएको छ ।


ग्रामीण पर्यटनलाई प्रवर्धन गर्न गाउँपालिकाको वडा नं. ५ र ६ को आप्रिक र वडा नं. ३ को स्वाँरागाउँमा होमस्टेको विकास र सतिडाँडा(धार्चे(मनासलु पर्यटन पदमार्गको बिस्तार कार्यक्रमलाई निरन्तरता दिइने र पर्यटकीय सम्भावना बोकेका थप पदमार्ग, प्राकृतिक स्थल र संरचनाहरुको सम्भाव्यता अध्ययन गर्दै कार्यान्वयन गर्ने तर्फ पहल गरिने पालिका अध्यक्ष गुरुङले बताए ।


स्वास्थ्यतर्फ दीर्घ र रोगीहरुलाई प्रतिव्यक्ति १ पटकको लागि रु.२५ हजार उपचार खर्चको प्रबन्ध गरिने साथै स्वास्थ्य उपचार राहत कोषलाई निरन्तरता दिइने छ ।


ग्रामीण समुदायको स्वास्थ्य सुविधाको लागि बिशेषज्ञ स्वास्थ शिविर सञ्चालन गरिने र स्वास्थ्यकर्मीहरुद्वारा कार्यालय बाहिर फिल्डमा स्वास्थ्य सेवा दिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै आगामि बर्ष ४ वटा स्वास्थ्य चौकीमा मोटरसाइकलको व्यवस्था र खटिएको दिनको उपयुक्त भत्ताको व्यवस्था गरिने अध्यक्ष गुरुङद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


बिकास निर्माण स्थल एवं अन्य आवश्यक स्थानमा बाढी एवं पहिरो रोकथाममा सहयोग गर्ने घाँस तथा बिरुवा लगाउनमा जोड दिइने, आर्खेत, आरुटार तथा आरुघाट क्षेत्रको फोहर व्यवस्थापनको लागि उचित स्थानको प्रबन्ध गरिने र गाउँपालिकाभित्र पालिकास्तरीय र वडा स्तरीय खेलकुद मैदानको निर्माणलाई निरन्तरता दिइने नीति लिएको छ ।


गाउँपालिकास्तरीय महिला संजाल पुनर्गठन गरी महिला सरोकारका बिषयहरुमा समन्वय गर्नुका साथै महिला विकास कार्यक्रमद्वारा प्रवर्धित महिला सहकारीको सुदृढीकरण एवं स्थानीय तहको महिला उद्यमी संजाल स्थापनाको लागि सहजीकरण गरिने अध्यक्ष गुरुङले बताए । त्यस्तै, गाउँपालिकाभित्र हालसम्म पनि बिद्युत वितरणको लाइन पु¥याउन नसकिएका घरधुरीलाई बैकल्पिक उर्जाको रुपमा तत्कालै सोलार बत्तीको व्यवस्था गरिनेछ । साथै उक्त स्थानहरुमा केन्द्रीय विद्युत प्रसारण लाईन बिस्तारमा जोड दिइने उनले बताए ।


गाउँपालिका एवं वडा कार्यालयबाट संचालित हुने योजनाहरुलाई प्रतिफलमा मापन गर्ने कोशिस गर्ने र गाउँपालिकामा निर्माण कार्यको गुणस्तरता मापन गर्ने उद्देश्यले एक पूर्वाधार ल्याबको स्थापना गरिने उनले जानकारी दिए । बुढीगण्डकी जलाशययुक्त बिद्युत आयोजनाको डुबान क्षेत्रमा परेकोले गाउँपालिकाको केन्द्रमा प्रशासकीय भवन, १५ शैयाको अस्पताल, अन्य सरकारी कार्यालयहरु भीमोदय सामुदायिक क्याम्पस, बिद्यालय, लगायत अन्य सरकारी कार्यालयको निर्माणमा कठिनाई भएकोले पुनर्बास÷पुनस्थापनाको कार्यक्रम, बुढीगण्डकी डुबान क्षेत्रमाथिको रिंगरोड तथा मध्ये पहाडी लोकमार्गको बैकल्पिक रुटको व्यवस्था र गाउँपालिकाको भवन लगायतका अन्य सरकारी संरचनाको निर्माणको समस्यालाई एकीकृत रुपमा हल गर्नको लागि केन्द्र सरकारसँग आवश्यक पहलकदमी गरिने अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्