
गोरखा नगरपालिकाद्वारा एकल र बिपन्न महिलाहरुलाई बङ्गुरको पाठो बितरण
गोरखा नगरपालिकाले एकल तथा बिपन्न महिलाहरुलाई बङ्गुरको पाठो बितरण गरेको छ । ६० वर्ष उमेर माथिका एकल तथा बिपन्न महिलाहरुलाई २८ वटा बुङ्गुरको पाठो निशुल्क बितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख नबिन अधिकारीले बताए ।
गोरखा नगरपालिका नगर प्रमुख कृष्णबहादुर राना मगरले महिलाहरुलाई सुङ्गुरको पाठो बितरण गरेका हुन् । यस्तै ६ जना किसानलाई ५० प्रतिशत अनुदानमा बुङ्गुरको पाठो बितरण गरिएको थियो । ६ हजार रुपैयाँ पर्ने पाठो किसानले तीन हजारमा पाएपछि खुसी भएका छन् ।
गत चैत महिनामा बुङ्गुरको पाठो लिन चाहनेका लागि आवेदन माग भएको र ५० प्रतिशत अनुदानमा माग गर्ने छ जना सबैले पाएको कृषि शाखाका अधिकारीले बताए । ‘पूर्ण अनुदानमा प्रक्रिया पुरा गरेर आउनुभएका सबैलाई दियौँ’ उनले भने ।
कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल, वडा नम्बर ६ का अध्यक्ष दिलिप जोशी लगायतको सहभागिता थियो । कृषिमा आत्मनिर्भर हुँदै महिलाहरुलाई ब्यवशायिक बनाउन बुङ्गुरको पाठो बितरण गरिएको मेयर राना मगरले बताए ।




