
बारपाक सुलिकोटको नीति तथा कार्यक्रम : कृषि एम्बुलेन्स संचालन गरिने
बारपाक सुलिकोटमा ११ औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले आगामि आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कृषि एम्बुलेन्सको व्यवस्था गरी उत्पादित कृषि उपजलाई सहज ढंगबाट बजारसम्म पु¥याउन सहयोग गरिने, किसानलाई कृषि र पशुपंक्षी विमा कार्यक्रम संचालन गरिने, जमिन बाँझो राखेमा जरिवाना गर्ने र बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने अध्यक्ष भट्टद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
बारपाक सुलिकोटभित्र कक्षा १२ सम्म अध्ययन गर्न अनिवार्य गर्ने र सो तहसम्म निशुल्क गरिने, पालिकाभित्र बोल्ने विभिन्न समुदायका मातृभाषा संरक्षण तथा प्रबद्र्धन गर्न पाठ्यक्रम तयार गरी औपचारिक मातृभाषा कक्षा सञ्चालन गरिने उनले बताए ।
शहिदका बालबच्चा, द्वन्द्वपीडित, अपाङ्ग, टुहुरा, अतिविपन्न परिवारका बालबालिका छनौट गरी प्राविधिक शिक्षा पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गरिने अध्यक्ष भट्टले बताए ।
स्वास्थ्यतर्पm ‘बारपाक सुलिकोटको चेली ः उपाध्यक्षको कोशेली’ मार्पmत गर्भ अवस्था तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार नियमित प्रदान गरिने, उच्च जोखिममा रहेका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा पु¥याउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै विद्यार्थीसँग स्वास्थ्यकर्मी कार्यक्रम संचालन गरिने जनाएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकहरुलाई आगामि पाँचवर्षभित्र स्वास्थ्य विमामा आबद्ध गराउने नीति लिइएको छ ।
पालिकाभित्रका स्थानीय मातृभाषा, कला, संस्कृति, भेषभुषा, सृजनशिलता, रितिरिवाज, चाडपर्व आदिको संरक्षण तथा सम्बद्र्धन गरिने, दिलबहादुर रम्तेल स्मृतिपार्क निर्माण सम्पन्न गरी जनयुद्धका शहिदहरुको नामावली लेखन, युद्ध संग्रालय निर्माण, संरक्षण र सम्बद्र्धन गरिने अध्यक्ष भट्टले जानकारी दिए ।
उनका अनुसार एक वडा एक खेलमैदान अन्तरगत प्रत्येक वडाहरुमा सेभेन ए साइडको ग्राउण्ड निर्माण हुने, युवा उद्यम विकास कार्यक्रम संचालन गरी एक टोल एक युवा उद्यम समूह निर्माण गरी लगानी गरिनेछ ।
बारपाक, सौरपानी र स्वाँरामा अलैची आलु, अल्लो तथा ताकुमाझलाकुरीबोट, ताकुकोट, देउराली पन्द्रुङमा तरकारी, कफी, फलपूmलको लागि सम्भाव्यता अध्ययन गर्ने, पकेट क्षेत्र घोषण गरी एक घर एकसय विरुवा प्रदान गर्ने तथा आवश्यक तालिम र सामग्रीहरुको उपलब्ध तथा आधुनिक कृषि, पशुपालनको लागि व्यक्तिगत वा सहकारी ढाँचाको कार्यक्रम सहयोग र समन्वय गर्ने जनाएको छ ।
देउराली, सुलिकोट, थला, रन्चोक, बारपाक पर्यटन पदमार्ग निर्माण गरिने, कृषि पर्यटनको विकास गर्ने नीति अवलम्बन गरिने र पर्यटकीय पदमार्गहरु, प्राकृतिक स्थलहरु तथा साँस्कृति सम्पदाहरुको अनुसन्धान, पहिचान, विकास तथा प्रचारप्रसार गर्न बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्वाधार तर्पm ‘समृद्धिको आधार आधुनिक भौतिक पूर्वाधार’ को नारालाई आर्थिक विकासको मूल नारा बनाइने, गाउँसडक गुरुयोजना निर्माण गरिने, विशिष्ट पहिचान र परिस्कृत मानवस्रोतको आधार ः वडा÷टोलमा स्तरीय सामाजिक पूर्वाधार भन्ने अभियान सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्थानीय संरचनाहरुको स्थानीय तथा परम्परागत कला, संस्कृतिको झल्को आउने विषयलाई प्राथमिकता दिइने, ‘सफा सुन्दर हराभरा ः हाम्रो बारपाक सुलिकोट गाउँपालिका’ भन्ने नाराका साथ कार्ययोजना बनाई लागु गरिने अध्यक्ष भट्टले बताए ।
सेवा लिने घरघरबाट, सरकारी काम प्रविधिबाट भन्ने मूलमन्त्रका साथ प्रविधिमैत्री गाउँपालिका निर्माण गरी एकीकृत सफ्टवेयरबाट कर प्रणाली, बजार निगरानी, नक्सा डिजिटीलाइजेशन, योजना सम्झौता गर्ने नीति लिएको छ ।
महिलाहरुको पैत्रिक सम्पति माथि समान हक स्थापित गर्न विशेष अधिकारसहित समान सहभागिताको ग्यारेन्टी गर्ने जनाएको छ ।
मासिक रुपमा वडा सदस्यहरुसँग अध्यक्ष अन्तरक्रिया कार्यक्रम संचालन गरिने, शहिदका नामबाट पार्क, स्तम्भ खडा गरी इतिहासको संरक्षण गरिने, शहीदका छोरा छोरीलाई शिक्षा र रोजगारीका अवसरमा प्राथमिकता दिइने नीति लिएका छन् ।
गाउँपालिका भित्रका रहेका खनिज, कृषि र वन पैदावरमा आधारित घरेलु तथा साना उद्योगहरुको स्थापना गरी रोजगारी र आयआर्जनमा वृद्धि गरिने अध्यक्ष भट्टले जानकारी दिए ।




