| मङ्लबार, कार्तिक २४, २०८३

सामाजिक अपराध जटिल समस्या बन्यो, नियन्त्रण गर्न जरुरी : मन्त्री विश्वकर्मा

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले सामाजिक अपराध जटिल समस्याको रुपमा देखा परेको बताएका छन् । मन्त्रालयले सोमबार गोरखामा आयोजना गरेको आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले भने, ‘दुरुत्साहन र हिंसाको कारण पनि आत्महत्या बढेको छ ।’

आत्महत्या, बिभिन्न खाले हिंसा, सामाजिक अपराध न्यूनिकरण गर्न सबै स्थानीय तहले कार्यक्रम गर्नुपर्ने उनले बताए । ‘सबै पालिकाले आफ्नो गाउँठाउँमा सचेतनाका कार्यक्रम गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘आगामि वर्ष प्रदेश सरकारले सबै जिल्लामा सामाजिक अपराध न्यूनिकरणको कार्यक्रमहरु गर्छ ।’ आत्महत्या न्यूनिकरणको मुख्य माध्यम नै चेतनास्तर बढाउन भएको बताउँदै उनले भने ‘अहिले पनि छुवाछुत, धनी गरिव भन्ने कुराको असर समाजमा देखिन्छ, स(साना विषयले पनि आत्महत्याको घटना घटेको देखिन्छ, यसलाई घरैबाट न्यूनिकरण गर्न सुरु गर्नुपर्छ ।’

आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीको अध्यक्षतामा भएको आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रममा प्रमुख अतिथि मन्त्री दोबाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका उपाध्यक्ष लीला परियार, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, मन्त्रालयका कर्मचारी नन्दलाल पौडेललगायतले मन्तब्य राखेका कार्यक्रम सञ्चाक सोमलाल तिवारीले बताए ।

गोरखा नगरपालिकाभित्रका बिभिन्न विद्यालयका विद्यार्थी, बिभिन्न कार्यालयका प्रमुखहरु, जनप्रतिनिधि सहभागी उक्त कार्यक्रममा आत्महत्या रोकथाम र न्यूनिकरणको बारेमा सरकारी वकिल कार्यालय गोरखाका जिल्ला न्यायधिवक्ता खिमानन्द गौतमले सहजिकरण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार खनालले आत्महत्याको अवस्था, घटना, संभावित कारणहरुका बारेमा सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्