
प्रहरी कार्यालय र विभिन्न इकाइद्वारा तीनसय भन्दा बढी विरुवा वृक्षरोपण
जिल्ला प्रहरी कार्यालयद्वारा शनिबार विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ ।
प्रहरी कार्यालय परिसरभित्र रहेका दुईसय, ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीमा ५० वटा बोट, ईलाका प्रहरी कार्यालय जौबारीमा ५० बोट र प्रहरी चौकी बाह्रकिलोमा ५० बोट तथा प्रहरी कार्यालय मातहत कार्यालयमा समेत गरी जम्मा ३५० वटा विभिन्न जातका फलपूmल तथा बोट विरुवा वृक्षारोपण गरिएको छ ।
त्यस्तै, गोरखा गण्डकी गा.पा. वडा नं.८ सिउरेनीटारस्थित श्री चण्डेश्वरी आमा समूहसंग समन्वय गरी प्रहरी चौकी घ्याल्चोकले नयाँपुलदेखि कुनागाउँसम्म सडकको सरसफाई गर्नुका साथै सडक किनारमा पाँचसय विभिन्न जातका फलफुल तथा बोट बिरुवाहरु वृक्षारोपण गरिएको सूचना अधिकारी सोमदास ढकालले जानकारी दिए ।




