
दरौदी नदी किनारमा वृक्षरोपण
दरौदी नदीको किनारामा सौन्दर्यबद्र्धक विरुवा वृक्षरोपण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ र छेवेटार खेलकुद मैदान निर्माण उपभोक्ता समितिवाट नवनिर्मित खेल मैदान वरपर र दरौदीको किनारमा सौन्दर्यवद्र्धक विरुवाहरु रोपिएको हो ।
सो स्थानमा अशोक ३० गोटा र तामावास ३० गोटा रोपिएको भू संरक्षण अधिकृत चन्द्रप्रकाश सेडाईले बताए ।
वृक्षरोपण कार्यक्रममा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरेले वायोइन्जिनियरिङ्ग प्रविधि अपनाई कार्य गर्दा भूतथा जलाधार व्यवस्थापन कार्यमा सहयोग पुगी माटो पानि जोगिने बताए ।
हरियाली प्रवद्र्धन, प्राकृतिक प्रकोप रोकथाम, आयआर्जन तथा वन, बातावरण , भू संरक्षण तथा जैविक विविधताको संरक्षण विकाशका लागि योगदान पुग्ने उनले जानकारी दिए ।




