
सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटायो
सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गर्दै मूल्य घटाउने बताएका हुन् ।
यस अघि सत्ता गठबन्धनका दलहरु बीचको वैठकले पेट्रोलिय पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो ।




