| मङ्लबार, कार्तिक २४, २०८३

गोनपाको न्यायिक समितिमा लेनदेन र जग्गा सम्बन्धी उजुरी धेरै

गोरखा नगरपालिकाको न्यायिक समितिमा जग्गा भोगचलन सम्बन्धी उजुरी धेरै पर्ने गरेको छ ।

न्यायिक समितिले २०७८÷७९ को वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार जग्गा भोगचलन सम्बन्धी १२ वटा र रकम लेनदेन संम्बन्धी ७ वटा उजुरी परेको छ ।

घरेलु हिंसा सम्बन्धी लालनपालन खर्च भराई पाउँ भनी गत एक वर्षमा पाँच जनाले उजुरी गरेका छन् ।

नगर प्रमुख कृष्णबहादुर रानाले नगर सभामा पेश गरेको प्रतिवेदनमा गतवर्ष जिम्मेवारी सरेर आएका उजुरी १८, नयाँ दर्ता भएको ३३ उजुरी थिए । तीमध्ये पुरानो दुईवटा प्रक्रियामा रहेको र नयाँ दर्ता भएका मध्य ८ वटा प्रक्रियामा रहेको छ । अधिकांश मिलापत्र भएको छ भने केही मुद्धा अदालत र प्रहरीसम्म आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्