| सोमवार, कार्तिक २३, २०८३

चट्याङ

चट्याङका घटना बढ्दै, छैन पूर्वानुमान गर्ने प्रविधि

नेपालमा प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न थालेकाे छ । यो बेलादेखि बढी क्रियाशील हुने चट्याङ्ले बर्सेनि जनधको क्षति गरिरहेको छ । बितेको केही दिनमा मात्रै देशका विभिन्न ठाउँमा चट्याङ् लागेर तीन जनाले ज्यान गुमाइसेकका छन् ।

तर यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन ।

पूर्व मनसुन गतिविधि सक्रिय भएसँगै मौसममा आएको फेरबदलका कारण गएको दुई महिनामा मात्रै २३ जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक छ । चट्याङ्बाट गत दुई महिनामा ४५ जना घाइते भएका छन् । गतवर्ष चट्याङ्ले ५६ जनाको ज्यान लिएको थियो भने १७९ जना घाइते भएका थिए।

के हाे चट्याङ ? 

पूर्व मनसुन तथा मनसुनी वायु सक्रिय भएको बेला बादलमा हुने घर्षणबाट उत्पन्न हुने विद्युतीय चार्ज जमिनमा खस्छ, जसलाई चट्याङ भनिन्छ । यसलाई न टार्न सकिन्छ, न त रोक्न नै । विद्युतीय चार्ज आकाशबाट पृथ्वीमा आइपुग्दा ठूलो जनधनको क्षति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्