| सोमवार, कार्तिक २३, २०८३

ग्लोबल आइएमई वैँकद्वारा अनाथ बालबालिकालाई खाद्य सामग्री

ग्लोबल आइएमई वैँकको गोरखा शाखाले बालमन्दिर माविमा रहेका अनाथ बालबालिकालाई खाद्यान्न सामग्री प्रदान गरेको छ ।

शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी वैँकले त्यहाँका २५ जना अनाथ बालबालिकाका लागि चामल, दाल, तेल, आलुलगायतका खाद्य सामग्री प्रदान गरेको हो ।


सामाजिक उत्तरदायित्व अन्तर्गत चामल, दाल, तेल, आलु प्रदान गरेको वैँकका समीर वाग्लेले जानकारी दिए । ३५ हजार रुपैयाँ बराबरको सहयोग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्