| सोमवार, कार्तिक २३, २०८३

शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न


जापान सरकार परराष्ट्र मन्त्रालय९मोफा० को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाले वारपाक सुलीकोट गाउँपालिका वडा न ८ स्थित थलीबारी आधारभूत विद्यालयमा शैक्षिक सामग्री निर्माण कार्यशाला सम्पन्न भएको छ । आइतबार र सोमबार संचालन भएको उक्त कार्यशालामा विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने नौजना शिक्षक शिक्षिकाहरु सहभागी थिए ।


तालिमलाई चाइल्ड फण्ड जापानको कार्यक्रम संयोजक कृष्ण शरण डंगोल, कार्यक्रम अधिकृत सविना जोशी, एकीकरण नेपाल गोरखाको फिल्ड कार्यक्रम अधिकृत रमेश श्रेष्ठले सहजीकरण गरेको एकीकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।
कार्यशालामा शैक्षिक सामग्री छपाई सम्वन्धी सामग्रीहरु विषयगत शैक्षिक सामाग्री, शब्द लेखनको बारेमा छलफल भएको देवकोटाले वताए । साथै प्रभावकारी बाल केन्द्रित क्रियाकलापहरु सिर्जनशील लेखनका विभिन्न बाल केन्द्रित बिधिहरुको बारेमा कार्यशालामा भएको आयोजकले वताएको छ ।


कार्यक्रमको उद्घाटन सत्रमा चाइल्ड फण्ड जापानको व्यवस्थापक अयारी होण्डाले ४० हजार बराबरको शैक्षिक सामग्री विद्यालयको प्रधानाध्यापक लोकराज भण्डारीलाई हस्तान्तरण गरेकी थिइन् । एकीकरण नेपाल गोरखाले उक्त विद्यालयमा शिक्षण सिकाई र वालवालिकाको पढाईलाई लक्षित गरी विभिन्न शैक्षिक गतिविधिहरु सचालन गरिरहेको छ । समापन शत्रमा वोल्दै वडा अध्यक्ष शरन गुरुङले यस्ता खालको कार्यक्रमले विद्यार्थीहरुको पठनपाठनमा धेरै योगदान पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहोस्