| सोमवार, कार्तिक २३, २०८३

सार्वजनिक सौचालय खुलाउने निर्णय स्वागतयोग्य

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह(बालेन) ले काठमाडौका विभिन्न होटल, रेस्टुरेण्ट, पेट्रोलपम्पका सौचालय सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने निर्णय गरे । बिल्कुल नयाँ खालको यो कार्यक्रमले आम जनमानसमा नयाँ रौनक ल्याएको छ ।

दूरदराजबाट काठमाडौँ पुगेकाहरु, जसलाई एक्कासी दिसा, पिसाबले सताएमा सौचालय नपाएर हैरान हुने अबस्था थियो । कि उनीहरु खुल्ला दिसा, पिसाब गर्न बाध्य हुन्थे, नत्र सकस सहेर बस्नु पर्ने थियो । यो निर्णयले सर्बसाधारणलाई ठूलो राहत मिल्ने विश्वास लिन सकिन्छ ।
यही कार्यक्रमलाई अनुकरण गर्दै र बालेनको कदमलाई साथ दिन भन्दै विभिन्न नीजि कम्पनीहरुले पनि आफ्ना सौचालय सर्वसाधारणका लागि खुल्ला गरिएको घोषणा गर्न थालेका छन् ।

होण्डा सोरुम, डिलर, सब डिलरले देशभरका आफू माताहतका सोरुम, डिलर, सबडिलरहरुले पनि तालुक निर्णय शिरोपर गरेको छ । गोरखाको हरमटारी, चाइनिजधारास्थित होण्डाआउसले आफ्नो निजी सौचालय सर्वसाधारणका लागि खुल्ला गरिसकेको छ ।
त्यस्तै गोरखा बसपार्कमा रहेको होलिडे बार एण्ड रेस्ट्रोले पनि बालेनको लोकप्रिय कार्यक्रमलाई समर्थन गर्दै आफ्नो निजी सौचालय सर्वसाधारणका लागि खुल्ला गरेको छ ।

पहिले पुरानोबसपार्कभन्दा केही माथि सार्वजनिक सौचालय थियो । त्यहाँ पैसा तिरेर दिसा, पिसाब गर्न पाइने व्यवस्था थियो तर केही बर्ष यता सो सौचालय मासिएको छ । भएको सौचालय मासिए पछि बसपार्क क्षेत्रमा हिड्ने बटुवाहरु समस्यामा परेका छन् । भएको सौचालय मासिए पछि सार्वजनिक सौचालय कतै छ बनेको त छ, तर बटुवा मैत्री छैन ।

यो अबस्थामा एउटा नीजि रेस्टुरेण्टले आफ्नो सौचालय सर्वसाधारणका लागि खुल्ला गर्नु प्रसंसनीय कार्य हो । यसरी नै सबैले विभिन्न रचनात्मक र सिर्जनात्मक काम गरेमा देश विकास हुने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्