
गोरखाका धेरै कार्यक्रम समेटिएको भन्दै प्रदेश सरकारको नीति कार्यक्रमको संसद दवाडीद्वारा स्वागत
गण्डकी प्रदेश सरकारको यसपटकको नीति कार्यक्रममा गोरखाका धेरै कार्यक्रम समेटिएको भन्दै सांसद प्रकाशचन्द्र दवाडीले स्वागत गरेका छन् ।
नीति तथा कार्यक्रमका बिषयमा बिहिबार संसदमा बोल्दै उनले गोरखाको च्याङ्लीमा प्रसुती अस्पताल बनाउने, मनकामना, बुढीगण्डकी, त्रिवेणीधाम क्षेत्रमा पूर्वाधार निर्माण गरी पर्यटन प्रर्वद्धन गर्ने लगायतका गण्डकी प्रदेश सरकारको कार्यक्रमप्रति कृतज्ञता प्रकट गरेका छन् ।
आर्थिक बर्ष २०७९÷०८० का लागि गण्डकी प्रदेश सरकारले घोषणा गरेको कार्यक्रमको बारेमा संसदमा बोल्दै उनले गोरखाको धेरै पक्ष समेटिएकोप्रति कृतज्ञता प्रकट गरेका हुन् ।
बूढीगण्डकी करिडोरलाई बेनिघाटदेखि लार्के भञ्ज्याङसम्म बिस्तार गर्ने कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको, गोरखकाली टायर उद्योगलाई पुन संचालनमा ल्याउनका लागि नेपाल सरकारसँग पहल गर्ने नीति लिएको भन्दै उनले सरकारको प्रसंसा गरे । कार्यक्रममा बोल्दै उनले राष्टिूय र प्रादेशिक लोकमार्गबाट गाउँपालिकाको केन्द्र जोड्न बाँकी रहेको गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म सडक पहुँच पु¥याउन प्राथमिकता दिने कार्यक्रमको प्रसंसा गरे ।
धार्चेलाई आलु पकेट क्षेत्रको रुपमा विकास गरी आलु विषेश कार्यक्रम संचालन गर्ने र उत्पादनमा किसानलाई अनुदान दिने, लिगलिगकोट गोरखा पर्यटन पदमार्ग निर्माण, गोरखा देउरालीको हटिया बूढीकोटी पदमार्ग निर्माण, जडिबुटी संम्बन्धी परम्परागत ज्ञान सिपको अभिलेखिकरण गर्दै गोरखालगायत जिल्लाको पकेट क्षेत्रमा जडिबुटी बिस्तार गर्ने सहर बसाउन योग्य ठाउँमध्ये गोरखाको पालुङटारलाई ब्यवस्थित सहरको रुपमा बिकास गरिने, योजनाको पनि उनले प्रसंसा गरे ।
पालुङटारमा सिंचाईको प्रबन्ध मिलाउने, बूढीगण्डकी आयोजनाको छिटो निर्माण गर्न केन्द्र सरकारसँग आवश्यक पहल गर्ने नीतिको संसदमा बोल्दै उनले प्रसंसा गरे ।




