
गोरखामा पनि खुल्यो ‘जापान जाने बाटो’
नेपालका विभिन्न सहरमा सञ्चालित फ्रि जापानी भाषा र भिसा उपलब्ध गराउने भिक्टोरी निहोन एजुकेशनल कन्सल्टेन्सी (जापान जाने बाटो) अब गोरखाको सहरमा पनि खुलेको छ ।
देशका विभिन्न सातवटा सहरबाट सेवा सञ्चालन गरेको भिक्टोरी निहोन एजुकेशनल कन्सल्टेन्सी (जापान जाने बाटो) ले अब गोरखा नगरपालिका ६ हरमटारीको एभरेष्ट वैँक रहेको बिल्डिङबाट पनि सेवा सञ्चालन गरेको इन्स्टिच्यूटका सिइओ सन्देश अर्यालले जानकारी दिए ।
‘हामी निशुल्क रुपमा जापानी भाषा सिकाउँछौँ । पाठ्यपुस्तक पनि निशुल्क नै उपलब्ध गराउँछौँ’, अर्यालले भने, ‘जापानका लागि आवेशन प्रोसेस पनि निशुल्क नै हुन्छ । भिसा आएपछि मात्र शुल्क लिन्छौँ त्यो पनि भिसाको शुल्क मात्र लाग्नेछ । अरु सेवा निशुल्क नै हुनेछ ।’ निशुल्क भाषा र भिसाप्रोसेसले ग्रामीण भेगका विद्यार्थीलाई धेरै ठूलो राहत पुग्ने उनले बताए ।
कक्षा १२ उतीर्ण गरेर बसेका विद्यार्थीहरुलाई विशेष राहत प्राथमिकता र विशेष प्याकेज रहेको इन्स्टिच्यूटले जनाएको छ । ‘हामी एकै बर्षमा जनवरी, अप्रिल, जुलाइ र अक्टोबर गरी चार पटकसम्म भिसाका लागि आवेदन गर्नेछौँ’, इन्स्टिच्यूटका अर्का सञ्चालक शिव पौडेलले भने, ‘हाम्रो इन्स्टिच्यूटको कार्यालय सिधै जापानको फुकुओकामा रहेको छ र त्यहाँका २१ वटा सहरका ७७ वटा कलेजमा हाम्रो सम्पर्क छ । त्यहाँका विद्यार्थीले रोजेका कलेज भर्ना र पार्ट टाइम जबका लागि समन्वय गरिदिनेछौँ ।’ नेपालको नारायणगढमा प्रधान कार्यालय र काठमाडौँ, पोखरा, पाल्पा, बेनी, दाङ, सर्लाहीमा यसअघिदेखि इञ्स्टिच्यूट सञ्चालनमा रहेको उनले बताए ।
जापानबाट फर्केका दक्ष, अनुभवी र योग्य शिक्षकहरुबाट निशुल्क रुपमा पढाइ हुने भएकाले गोरखा र आसपासका विद्यार्थीले संपर्क गर्न सक्ने इन्स्टिच्यूटका अर्का सञ्चालक कमल बरालले जानकारी दिए ।




