| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा बाढी, पहिरोबाट फँसेकालाई उद्धार गर्न मनसुन अभ्यास सम्पन्न

गोरखा नगरपालिका–१० स्थित छेवेटारमा बाढी,पहिरोबाट फसेका उद्धार गर्न मनसुन अभ्यास सम्पन्न गरिएको छ । नेपाली सेनाको मुख्य संयोजकत्वमा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी र विपत व्यवस्थापन समितिको उपस्थितिमा दुईदिने तालिम सम्पन्न भएको हो ।

मनसुन सुरु भएसँगै विभिन्न ठाउँ आउन सक्ने बाढी र पहिरोबाट बच्न र बचाउन दुई दिने तालिम आयोजना गरिएको नेपाली सेनाका क्याप्टेन श्रीकृष्ण श्रेष्ठले बताए । बाढी र पहिरोमा फँसेका व्यक्तिहरुलाई कसरी उद्धार गर्ने र उनीहरुको उद्धारका लागि पूर्व तयारी कसरी गर्ने भनेर तालिम दिएको उनले बताए ।

No description available.

पहिलो दिन प्राकृतिक विपति बेलामा फसेको व्यक्तिको उद्धारको पुर्वतयारीका बेला अपनाउनु पर्ने उपायहरुका बारेमा जानकारी गराएको र दोस्रो दिन उद्धार कसरी गर्ने भनेर डेमो देखाइएको उनले जानकारी दिए । सो क्रममा दरौदी नदीमा कोही फँसेको र कोही उद्धार गरेको अभ्यास देखाइएको थियो ।

कार्यक्रम सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जिल्ला विपत व्यवस्थापन समिति, स्थानीय र विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्