| आइतवार, कार्तिक २२, २०८३

हरमटारी क्लबको अध्यक्षमा गुरुङ

हरमटारी क्लबको अध्यक्षको जिवन गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा भएको सोमबार भएको क्लबको चौथो अधिवेशनले गुरुङको नेतृत्वमा ११ सदस्यिय कार्यसमिती चयन गरेको हो ।

जसको उपाध्यक्षमा अनिल श्रेष्ठ र मनोज गुरुङ चयन भएका छन् भने महासचिवमा किरण ढकाल र त्यस्तै क्लबको सचिवमा शन्त घले, कोषाध्यक्षमा सुसान गुरुङ सर्वसम्मत भएको क्लबले जनाएको छ । सदस्यहरुमा प्रज्वल क्षेत्री, विकाश श्रेष्ठ, आशिष श्रेष्ठ, प्रदिप क्षेत्री र यानु गुरुङ चयन भएको बताइएको छ ।

हरमटारी क्लवले लामो समयदेखि जिल्लाकै सबैधन्दा बढी धनराशी पुरस्कार भएको गोरखकाली फुटबल कप सञ्चालन गर्दै आएको छ । साथै क्लबले फुटलबसंगै बिभिन्न खेलकुद गतिविधीको विकास र दक्ष खेलाडी उत्पादनमा अभियानहरु चलाउदै आएको छ भने गोरखकाली मेला पनि संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्