
छैठौँ जिल्ला सभाको निर्णय : जिसस नौ सदस्यीय हुने
गोरखाको जिल्ला समन्वय समिति नौ सदस्यीय हुने भएको छ । आईतवारको छैठौँ जिल्ला सभाले नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । यसअघि पनि जिल्ला समन्वय समिति नौ सदस्यीय रहेको थियो । अध्यक्ष÷उपाध्यक्ष र सात जना सदस्य समितिमा रहनेछन् ।
जिल्ला सभाका जेष्ठ सदस्य निमा लामाको अध्यक्षतामा भएको आईतवारको बैठकले पहिले सम्झौता भएर काम अघि बढेको गोरखा नगरपालिकाको दुईवटा र बारपाक सुलिकोटको एउटा गरी तीनवटा खानेपानी आयोजनाको अनुमोदन गरेको छ ।
यस्तै सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको आमाको निधन भएको प्रति शोक प्रस्ताब पारित परिन सभाले गरेको छ । तारा एयरको बिमान दुर्घटनामा मृत्यू भएका गोरखाका चार जना नागरिक प्रति पनि शोक प्रस्ताब पारित भएको जिससका सुचना अधिकारी हरिहर दवाडीले बताए ।
निर्वाचनको क्रममा भीमसेन थापा २ ताराखसेमा प्रहरीको गोली लागेर घाईते कर्मचारी मनिता थापाको स्वास्थ्य लाभको कामना गर्ने पनि बैठकले निर्णय गरेको छ । जिल्ला सभाले निर्वाचन सम्पन्न गराउन मद्धत गरेका सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।




