
वल्र्डक्यापिटलका विद्यार्थीद्धारा गोरखा बजार क्षेत्रका सडकमा सरसफाई
गोरखा सदरमुकाम स्थित रानीवनमा रहेको द वल्र्डक्यापिटल स्कुलमा अध्यनरत विद्यार्थीहरुले बजार क्षेत्रका सडक दायाँ बाया सरसफाई गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर उनीहरुले आईतवार सडकको दायाँवायाँ सरसफाइ गरेका हुन् ।
विद्यालयमा अध्ययनरत ९ र १० का विद्यार्थीहरुले विद्यालय परिसरका साथै हरमटारी चोक, बसपार्क, रानीवन, ठूलोआँगन, पाटेचौर लगायतका क्षेत्रमा सरसफाई गरेका विद्यालयका प्रधानाध्यापक जनक केसीले बताए ।
त्यस्तै, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुले बराह, तल्लो बहरा, आयुर्वेदिक चोक, प्रतिक्षालय, पेट्रोलपम्प लगायत क्षेत्रका सरसफाई गरेका छन् ।
सरसफाई कार्यक्रममा स्काउट, इन्ट्रा¥याकका विद्यार्थी, शिक्षकहरुको पनि सहभागिता रहेको थियो । एउटै मात्र पृथ्वी, सबैको साझा पृथ्वी, पृथ्वी नरहे हामी रहन सक्दैन, लगायतका प्लेकार्डहरु बोकेर विद्यार्थीहरु ¥यालीमा सहभागी भएका थिए ।




