
गोरखामा एक पुरुषका शव भेटियो
गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीको सतीघाटमा एक पुरुष शव भेटिएको छ । आइतबार विहान मस्र्याङ्दी नदीको किनारमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी लिलाराज लामिछानेले बताए ।
करिब ५०÷५५ वर्ष उमेरका व्यक्तिको शव फेला परेको उनले बताए । आइतबार विहान नदिजन्य पदार्थ संकलनका लागि गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको अवस्था हेर्दा नदीले बगाउँदै ल्याएको जस्तो देखिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टनका लागि गोरखा अस्पताल ल्याइए को छ ।




