| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा २३ जना वडा अध्यक्ष दोहोरिए, पुनःप्रतिस्पर्धी १४ जना पराजित

२०७४ को स्थानीय निर्वाचनमा बिजयी भएका ३७ जनाले दोस्रो कार्यकालका लागि पुन उम्मेदवारी दिएका थिए । यी मध्ये २३ जना मात्रै बिजयी बने । गोरखा नगरपालिकामा ९ जना वडाध्यक्षले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका थिए । ति मध्ये ६ जना मात्रै बिजयी बने ।
वडा नम्बर १ मा हिक्मत बहादुर कुँवर, २ मा रहमतुल्ला मियाँ, वडा नम्बर ७ मा बिष्णुप्रसाद श्रेष्ठ, ११ मा रामबहादुर खड्का, ९ मा कुलबहादुर कुँवर, १२ मा डिलबहादुर थापाले दोस्रो कार्यकाल वडा अध्यक्ष जिते ।
वडा नम्बर ४ मा खोपबहादुर अधिकारी, ८ मा कृष्ण केसी,१३ मा हरि खनाल भने पराजित बने ।

पालुङटार नगरपालिकामा चार जना वडाध्यक्ष दोस्रो कार्यकाल प्रतिस्पर्धामा थिए, ति चारै जनाले चुनाव जिते । वडा नम्बर १ मा कृष्णबहादुर परियार ५ मा दिपक पाण्डे, ९ मा भेजराज पाण्डे र वडा नम्बर १० मा रिखिराज धौराली पुनः दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
सिरानचोक गाउँपालिकामा २ जना दोहारिएका थिए । वडा नम्बर ५ मा सन्तोष गुरुङ र ६ मा नारायण दानी दुबै पराजित भए । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का रामकुमार श्रेष्ठ दोस्रो पटक पनि अध्यक्ष निर्वाचित भए ।

धार्चे गाउँपालिकामा तीन जना वडाध्यक्ष प्रतिस्पर्धामा दोस्रो कार्यकालका पनि थिए । तर एक जना मात्रै निर्वाचित भए । वडा नम्बर ४ का राज गुरुङ, ५ का तुलबहादुर गुरुङ पराजित भए भने वडा नम्बर ६ का धनकुमार घले बिजयी बने । आरुघाट गाउँपालिका चार जनाले दोस्रो कार्यकाल पनि उम्मेदवारी दर्ता गराएका थिए । ति मध्ये एक जना मात्रै बिजयी बने । वडा नम्बर ३ मा शिरबल बराम, वडा नम्बर ५ मा नारायण ध्वज खड्का, वडा नम्बर ७ मा रणबहादुर बराम पराजित भ एभने वडा नम्बर ८ मा मुरारी खनाल निर्वाचित भए ।

भिमसेन थापा गाउँपालिका दुई जना दोस्रो कार्यकालका लागि उम्मेदवार बनेकोमा दुवै बिजयी बने । वडा नम्बर २ मा नारायण भट्टराई, वडा नम्बर ७ मा नारायण श्रेष्ठ निर्वाचित भएका हुन् ।

शहीदलखन गाउँपालिकामा पाँच जना वडाध्यक्षले यस पटक पनि पुनः उम्मेदवारी दिएका थिए । ति मध्ये दुई जना पराजित र तीन जना बिजयी बने । वडा नम्बर २ का अचलबाबु थापा, ३ का गणेश थापा पराजित बने भने ५ का यमबहादुर राना, ६ का दिलिपनारायण थापा, ७ का शरण श्रेष्ठ बिजयी बने ।

बारपाक सुलिकोट गाउँपालिकामा तीन जना दोहोरिएका सबै निर्वाचित भएका छन् । वडा नम्बर ४ का भिमबहादुर गुरुङ, ६ का बाबुलाल गुरुङ, ७ का कृष्ण गुरुङ दोस्रो कार्यकाल निर्वाचित भएका हुन् । अजिरकोट गाउँपालिका वडा नम्बर ४ मा मात्रे अध्यक्ष दोहोरिएका छन् । जंगबहादुर गुरुङ यो पटक पनि बिजयी बनेका हुन् ।

गण्डकी गाउँपालिकामा दुई जनाले दोस्रो कार्यकाल वडा अध्यक्षमा उम्मेदवारी दिएका मध्ये एक जना बिजयी भए । वडा नम्बर ८ का तुल्सी रेग्मी बिजयी बने भने २ का देउबहादुर गुरुङ पराजित भए ।

प्रतिक्रिया दिनुहोस्