| मङ्लबार, कार्तिक २४, २०८३

माओवादीको कार्यालय विस्तारका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ उठाइने

नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय विस्तार र व्यवस्थित ढंगबाट सञ्चालन गर्नका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ उठाइने भएको छ ।

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले उक्त निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए ।

“पार्टीको कार्यालयलाई विस्तार, व्यवस्थित गर्न हरेक पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ एक महिनाभित्र संकलन निर्णय भएको छ,” उनले भने ।

यस्तै, बैठकले विद्यार्थी संगठनलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरेको छ । विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन र भेला गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्