
खोर्लाबेसीमा हेलिकप्टरबाट ‘मसला’ बोकेर अस्पताल ढलान
गोरखाको धार्चे गाउँपालिका(३ स्थित खोर्लाबेसीमा १५ शैयाको सामुदायिक अस्पाताल निर्माणको काम ८० प्रतिशत पुरा भएको छ । करिब तीन करोड लगानीमा निर्माण हुन लागेको अस्पताल गाउँपालिकाको ४० र छायाँ नेपालको ६० प्रतिशत लगानीमा निर्माण हुन लागेको हो ।
अस्पतालको एक र दुई नम्बर ब्लकको भुई तल्ला ढलान र गाह्रो लगाउने काम भइसकेको छायाँ नेपालका परियोजना प्रबन्धक सन्तोष सिलवालले जानकारी दिए ।
ब्लक नम्बर ३ र ४ को भुई तल्ला ढलान सम्पन्न गरी गाह्रो लगाउने काम भइरहेको उनले बताए । सोहि क्रममा नेपालमा नै पहिलो पटक ‘स्वीङ फ्लाइट्स’ प्रविधि बाट गिट्टी बालुवा घोलेर तयार गरिएको ‘मसला’ हेलिबाट बोकेर अस्पतालको भूइ तल्ला ढलान गरिएको उनले बताए ।
जेठ १९ गते सिम्रिक एयरको दुई वटा हेलीकप्टरबाट अस्पतालका लागि मसला बोकेर ढलान गरिएको थियो । छायाँ नेपाल र सिम्रिक एयरसँगको सहकार्यमा निशुल्क दुई वटा हेलिले ५० टिप भन्दा बढी मसाला ओसारेको उनको जानकारी दिए ।
सडक सञ्जाल नपुगेको दुर्गम ठाउँमा हेलिकप्टरबाट तयारी निर्माण सामग्री (मसला) लैजान कत्तिको सहज हुनेछ भन्ने परीक्षणका लागि पनि त्यहाँ हेलिकप्टर प्रयोग भएको हो । हेलिकप्टरको प्रयोग सिम्रिएक एयरले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको संस्थाले जनाएको छ । धार्चे सामुदायिक अस्पातल निर्माणका लागि २०७६ साल पुसमा सम्झौता भएको थियो । तर कोभिड महामारी, प्राकृतिक विपती, बाढी, पहिरोका कारण सडक अवरुद्ध भएका कारण अस्पताल निर्माणको काममा ढिलाई भएको परियोजना प्रबन्धक सिलवालले बताए । अस्पताल आउँदो पुस मसान्त सम्म निर्माण पुरा गर्नुपर्छ ।
अस्पालत निर्माण भएपछि दुई वर्ष आशिक रुपमा संचालन गर्ने र सन २०२४ बाट पुर्ण रुपमा संचालन गर्ने योजनामा रहेको पनि उलने बताए । अस्पात संचालनका लागि संस्थाबाट डाक्टर, हेल्थ अस्टिेन्ट, अनमी र कार्यालय सहयोगी एक÷एक जना उपलब्ध गराउनेछ । उक्त अस्पतालमा दुई वर्ष सम्म विषेशज्ञ डाक्टर सहितको सेवामा छायाँ नेपालले सघाउने र त्यसपछि गाउँपालिकाले ब्यवस्थापन गर्ने दुईपक्षिय सम्झौता भएको छ ।
छायाँ नेपालको दातृसंस्था अर्थकेयर स्विजरल्याण्डले बिदेशी स्वयमशेवक डाक्टरहरु ल्याएर गाउँगाउँमा स्वास्थ्य शिविर समेत गर्ने जनाएको छ । अपाङ्ग मैत्री सामुदायिक अस्पतालको २१ वटा कोठा हुनेछ । धार्चे, चुमनुब्री जस्तो दुर्गम ठाउँमा अस्पताल नभएकाले माछाखोलामा बन्ने सुविधा सम्पन्न हस्पिटलले दुर्गम भेगका सर्वसाधारणलाई सहज हुने बताए । निर्माण भएपपछि अस्पातललाई चाहिने आवश्यक स्वास्थ्य सामाग्रीहरु संस्थाले उपलब्ध गराउने उनको भनाइ छ ।




