| मङ्लबार, कार्तिक २४, २०८३

जनप्रतिनिधिद्धारा राजधानीमा मसेलका स्थानीयसँग राय तथा सुझाब संकलन

भिमसेनथापा गाउँपालिका–१ मसेलका स्थानीयहरुसँग नवनिर्वाचित जनप्रतिनिधद्धारा राजधानीमा शनिबार राय तथा सुझाव संकलन गरेको छ । विभिन्न कारणले काठमाडौंमा बसोबास गर्दै आएका मसेलबासीहरुसँग नवनिर्वाचित जनप्रतिनिधिहरुले जनतासँय राय तथा सुझाव संकलन गरेको हो ।

कार्यक्रममा सहभागिहरुले स्वास्थ्य क्षेत्रलाई सरल तथा निशुल्क प्रदान गर्ने, निशुल्क गुणस्तरीय शिक्षा, पुर्वाधार विकासमा जोड दिनु पर्ने सुझाब दिएका थिए ।

एक घर एक धारा, घर धुरीको वर्गिकरण, मोटर बाटोको स्तारोन्न्ती, आर्थिक पारदर्शीता, युवा स्वरोजगार तथा परिचालन,व्यावस्थित वडा कार्यालय जस्ता विषयहरुलाई समेत समेट्न आग्रह गरे ।

कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष श्रेष्ठले मसेललाई नमुना वडा बनाउन सबैको सुझाब र सहयोग आबस्यकता रहेको बताए । कृषिलाई आधुनिकरण गरि कृषकलाई समयमै मल,वीउविजन उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।

भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जराले सम्पुर्ण जमिन जनताको स्वामित्वमा भएकोले विकासका काम कारबाही गर्न अफ्ठ्यारो भएको बताए । माओबादी केन्द्रको टिकट पाए पनि सबै राजनैतिक दलहरुको सहयोगमा पालिकाको अध्यक्ष बनेको बताउदै बन्जाराले पालिका अध्यक्ष सबैको साझा प्रतिनिधि भएको बताए । सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गरि पालिकालाई नमुना बनाउन समेत उनले अनुरोध गरें।

मसेलका नवनिर्वाचित वडा अध्यक्ष विकास श्रेष्ठको अध्यक्षता तथा भिमसेनथापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जाराको प्रमुख आथित्यता राय तथा सुझाव संकलन कार्यक्रम भएको हो ।

उक्त सर्वदलिय सुझाब संकलन कार्यक्रमा जनता समाजवादी पार्टी भिमसेन गाउँपालिका(काठमाडौं मन्चका सचिव नेत्र प्रसाद बगाले, पर्यटन व्यावसायी राजकुमार देवकोटा लगायत अन्य राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न पेशामा आबध्द रहेका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्