| मङ्लबार, कार्तिक २४, २०८३

सिरानचोक र पालुङटारमा कार्यपालिकाले पूर्णता पायो

गोरखाको सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाको कार्यापालिकाले पूर्णता पाएको छ ।
सिरानचोक गाउँपालिकामा विहिबार भएको निर्वाचनबाट निर्वाचित भएसँगै गाउँकार्यपालिका सदस्यले पुर्णता पाएको हो ।

गाउँकार्यपालिकाको सदस्यमा शान्ती कुमाल, नरमाया गुरुङ, रु माया गुरुङ, विमला सिर्मल, लक्ष्मी मिजार र दुर्गा बहादुर घले गुरुङ निर्वाचित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले जानकरी दिए । उनीहरु सबै काँग्रेसको तर्पmबाट निर्वाचित भएका हुन् ।

त्यस्तै पालुङटार नगरपालिकाको नगरकार्यापालिकाले पनि पुर्णता पाएको छ ।

पालुङटारमा चार जना माओवादी, तीन जना कांग्रेस र एक जना एकीकृत समाजवादी तर्पmबाट गरी आठ जना नगरपालिकाको सदस्यमा निर्वाचित भएका छन् ।

नगरकार्यपालिकाको सदस्यहरुमा पार्वती नेपाली, हर्क बहादुर नेपाली, मिन माया लामा, अर्जुन विक, मिना सुनार, मनिका अधिकारी लिम्बु, पम्फा विक सुनार र देवी माया योगी निर्वाचित भएका छन् । उनीहरु गत जेठ १५ गते नगरकार्यापालिकाको सदस्यमा निर्वाचित भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्