
गुरुकुललाई मानव अधिकार तथा शान्ति समाजद्धारा खाद्यान्न सहयोग
मानव अधिकार तथा शान्ति समाजको २७ औ स्थापना दिवसमा गोरक्षनाथ बैद्धिक गुरुकुललाई खाद्यान्न सहयोग गरिएको छ ।
बिहीवार एक कार्यक्रमका बीच समाज गोरखा शाखाका सभापति सिताराम तिवारीले गुरुकुलका प्रधानाध्यापक इश्वरी प्रसाद उपाध्यायलाई उक्त खाद्य सामग्री हस्तान्तरण गरे ।
गुरुकुलमा अध्ययनरत बिद्यार्थीलाई चामल, दाल, तेल, नून लगायतका खाद्यान्न सामग्री सहयोग गरिएको तिवारीले बताए ।
कार्यक्रममा समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दवाडी, सचिव गोमा दवाडी, कोषाध्यक्ष सावित्री श्रेष्ठ, कार्यसमिति सदस्य शरद बाबु श्रेष्ठ, आजीवन सदस्य कमला लामिछाने लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत भएको छ ।
गुरुकुलमा हाल ३२ जना बिद्यार्थी आवासिय सुविधा सहित बस्दै आएका छन् ।




