| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका ११ वटा पालिकालाई अन्तर सरकारी वित्तीय हस्तान्तरण

आउँदो आर्थिकबर्ष २०७९÷०८० मा नेपाल सरकारको तर्फवाट जिल्लाका ११ पालिकामध्य गोरखा नगरपालिकालाई सबैभन्दा धेरै बजेट प्राप्त भएको छ । सदरमुकामसमेत रहेको सो नगरपालिकालाई अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत ६३ करोड छ लाख रुपैयाँ प्राप्त भएको हो ।

त्यस्तै दोस्रो धेरै पालुङ्टार नगरपालिकालाई ५७ करोड ६७ लाख रुपैयाँ प्राप्त भएको छ । नगरपालिकापछि सबैभन्दा धेरै बजेट सिरानचोक गाउँपालिकाले प्राप्त गरेको छ । सो गाउँपालिकाले ४५ करोड ८७ लाख रुपैयाँ प्राप्त गरेको हो । त्यस्तै शहिदलखन गाउँपालिकाले ४५ करोड ७३ लाख रुपैयाँ, गण्डकी गाउँपालिकाले ४५ करोड रुपैयाँ प्राप्त गरेको छ ।

त्यस्तै अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत आरुघाट गाउँपालिकाले ४० करोड ४८ लाख रुपैयाँ प्राप्त गरेको छ । बारपाक सुलिकोट गाउँपालिका ४० करोड ३० लाख प्राप्त गरेको छ । भीमसेनथापा गाउँपालिकाले ३९ करोड १५ लाख रुपैयाँ, अजिरकोट गाउँपालिकाले ३० करोड २४ लाख रुपैयाँ प्राप्त गरेको छ ।

दुर्गम उत्तरी भेगको धार्चे गाउँपालिकाले २७ करोड ७४ लाख रुपैयाँ र सबैभन्दा टाढा रहेको चुमनुब्री गाउँपालिकाले १९ करोड ८२ लाख रुपैयाँ प्राप्त गरेको अर्थमन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्