| सोमवार, कार्तिक २३, २०८३

बालगृहद्वारा शहीदलखन ८ रातमाटेका दुई बालबालिकाको उद्धार

शहीदलखन गाउँपालिका– ८ रातमाटेका दुई बालबालिकालाई उद्धार गरिएको छ । वेवारिसे अवस्थामा रहेको उनीहरुलाई नमस्ते परियोजना बालगृहले उद्धार गरेको हो ।

नौ वर्षीय रश्मि ढकाल र आठ वर्षीय आशिक ढकालको उद्धार गरी बाल गृहलाई जिम्मा लगाइएको रामेश्वरी माविका प्रधानाध्यापक जीवन अम्गाईले बताए । आमाले सानै छोडेर गएको उनीहरु बुवा डिलबहादुर ढकालसँग बस्दै आएका थिए ।

उनीहरु बुवा पनि मनस्थिति भएको र मानसिक रोगी भएका कारण बालबालिकाको संरक्षण गर्न नसकेकाले बालगृहलाई जिम्मेवारी दिएको अम्गाईले बताए ।

उनीहरु चारैतिर जस्ताले बारिएको झुप्रो घरमा बस्दै आएका थिए । बालबालिकाको अवस्था नाजुक हुदै गएपछि बालगृहलाई जिम्मा लगाएको हो ।

गत जेठ ६ गते उनीहरुलाई बालगृहको जिम्मा लगाएको उनले जानकारी दिए । गोरखा नगरपालिकास्थित १० किलोमा रहेको वालगृहमा जिम्मा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्