
बाबुरामको गुनासो, बजेटमा गोरखा सुनिएन
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले यसपटकको बजेटमा गोरखा नसुनिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले नेकपाको सरकार रहँदा चार वर्षसम्म गोरखामा कुनै नयाँ योजना नराखेको र अहिले गठबन्धन सरकारले पनि बजेटमा गोरखा नसमेटेको बताएका हुन् ।
’नेकपा सरकारले ४ बर्षसम्म गोरखामा कुनै नयाँयोजना वा ठूलो बजेट राखेन’ उनले भने, ’अहिलेको गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन !
भट्टराई आफैँ गठबन्धन सरकारमा सामेल छन् । उनले ट्वीट गर्दै लेखेका छन् ‘बेनीघाट–आरूघाट–लार्के सडक,पालुंगटार एअरपोर्ट, ऐतिहासिक–धार्मिक पर्यटन सर्किट,औद्योगिक क्षेत्र,जडीबुटी केन्द्र, कृषि परियोजना, शैक्षिक केन्द्र आदिबारे कराइयो ! खै ?’




